जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको दोश्रो बैठक सम्पन्न, राष्ट्रिय सम्मेलन भव्य बनाउने

डेली न्युजराप्ती       २ पुष २०७८ २०:४२ मा प्रकाशित     491 No Comments


बुटवल । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । बैठकले बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी विभिन्न विभागहरु समेत गठन गरेको छ । सम्मेलनपूर्व प्रदेशमा संगठनको सदस्यता वितरणलाई तीव्रता दिने, विभिन्न अन्तरक्रियाहरु गर्ने र सम्मेलनका लागी सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ । बैठकमा प्रशिक्षणात्मक मन्तब्य राख्दै नेकपाका केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज कृतिले क्रान्ति आन्दोलनबाट विचलित भएका, भागेका, पलायन भएका र दलाल पुँजीवादलाई चुनौति दिनको लागि जनपत्रकार संगठनको चौथो राष्ट्रिय सम्मेलन शानदार रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत संग्रहको पक्षमा जनपत्रकारहरूले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँदै उहाँले राज्यसत्ताको दमन र उत्पीडनविरूद्ध कलमले विद्रोह गर्नुपर्ने बताउनुभयो । अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले गलत कुराको खण्डन नगरि सही कुरा स्थापित नहुने भन्दै संसदीय व्यवस्थाको खण्डन गरि वैज्ञानिक समाजवादी स्थापनाको निम्ति जनपत्रकारहरूले निरन्तर कलम चलाउनुपर्ने बताउनु भयो । उहाँले क्रान्तिकारी आन्दोलनको विपक्षमा विभिन्न भ्रमहरू फैलाएर क्रान्तिलाई सिध्याउन खोजिरहेको भन्र्दै यसका विरूद्धमा जनपत्रकारहरुको कलम सिपाही बनेर अगाडी बढ्नुपर्ने बताउनु भयो । जनबाटो मिडिया प्रा.लिका अध्यक्ष एनबि शाहीले श्रमजीवी वर्गका निम्ति कलम चलाउनुपर्ने र ओझेलमा परेका जीवनका कथाहरूलाई बाहिर ल्याउनको निम्ति जनपत्रकारले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । प्रदेश कमिटी उपाध्यक्ष राजेन्द्र राउत क्षेत्रीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रम प्रदेश कमिटी अध्यक्ष दिपेश विष्टको अध्यक्षता र प्रदेश कमिटी सचिव अनिल नेपालीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार