नेकपाका दिबंगत नेता केसीको दाहसंस्कार:सिंगो सल्यान भावविह्वल,हत्या आरोपमा एक जना पक्राउ

डेली न्युजराप्ती       २० श्रावण २०७९ १७:२० मा प्रकाशित     450 No Comments

सल्यान-दस वर्षे जनयुद्ध तथा एकीकृत जनक्रान्तीमा निरन्तर नेतृत्वदायी भुमिका निर्वाह गरेका नेकपा सल्यानका जनप्रीय नेता लाेकमान खत्रीको आज दाहसंस्कार सम्पन्न भएको छ। दाहसंस्कार मा पार्टीका नेता कार्यकर्ता,आफन्त परिवारजनकाे उपस्थिति रहेको थियोे । अन्तिम दाहसंस्कार मा श्रद्धाञ्जली दिदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले मृतक कमरेड लाेकमानको याे देश काे निम्ति विशिष्ट याेगदान रहेको,उहाँको सपना समतामूलक समाज निर्माण र वैज्ञानिक समाजवाद स्थापनाकाे लक्ष्य पूरा नभएको त्यो सपना पूरा गर्ने आफ्नो पार्टी प्रतिवद्ध रहेको वताए। पार्टीका केन्द्रीय सदस्य द्वय शितल र सविन लगाएत सम्पुर्ण नेता तथा कार्यकर्ताले राताे झन्डा सहित अन्तिम सलामी दिएका हुन। नेता केसि साउन १९ मृत भेटिएपछि पाेष्टमार्टपछि शुक्रबार उनको जन्मस्थान छत्रेश्वरि ४ मा दाहसंस्कार गरिएको हाे।

हत्या आरोपमा एक जना पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान केसी(महेन्द्र)को हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो । बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै लोकमान झोला भिरेकै अवस्थामा मृत भेटिएका थिए ।
टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खडकाले बताए ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुरविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए। पोस्टमार्टमपश्चात नेता केसीको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार