पार्टी कार्यालय भवन बनाउन कांग्रेसले माग्यो चन्दा , तुलसीपुरको बबई क्याम्पसद्वारा अस्वीकार!

डेली न्युजराप्ती       १७ आश्विन २०८० १२:५० मा प्रकाशित     350 No Comments

हेमन्त प्रकाश ओली ।

असोज १७ , तुलसीपुर । नेपाली कांग्रेस तुलसीपुर -९ वडा इकाई समितिले पार्टी कार्यालय भवन निर्माणका लागि तुलसीपुरको बबई क्याम्पसको स्ववियुलाई पत्राचार गरेको छ।

सो पार्टीका वडा सभापति एवम भवन निर्माण समितिका संयोजक डम्मर पुरीले स्ववियु सभापतीलाई सम्बोधन गर्दै भदौ १० गते नेपाली कांग्रेस विपि स्मृती भवन (पार्टी कार्यालय) निर्माणका लागि आर्थिक सहयोग तथा स्थलगत अनुगमनका लागि पत्राचार गरेका थिए ।

यता राप्ती बबई क्याम्पसको स्ववियु लामो समयदेखी नेतृत्वविहिन रहेको छ । क्याम्पसले सत्ता र शक्तिको पहुँचमा कांग्रेस सम्बद्ध अनिल कार्कीलाई स्ववियु सभापती मानेपनी यो बैधानिक नभएको अन्य संगठनको जिकिर रहेको छ ।

वर्षौअघि सर्वोच्च अदालतले नै खारेज गरिसक्दा समेत कार्कीले उक्त पद छोड्न मानेका छैनन् ।

यता २०७९ चैत ७ गते राप्ती बबई क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन भएको थियो तर त्यो निर्वाचन प्रक्रिया पूरा हुन सकेन ।

उक्त निर्वाचन प्रक्रिया पूरा नहुनुमा पनि कांग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघकै दोष भएको अखिल (क्रान्तिकारी) का एक नेताले बताए । नेपाल बिद्यार्थी संघभित्र दुई गुट निर्वाचनमा होमिएपछि चैत्र ७ गतेको निर्वाचनको मतदान दिउसो २ बजेसम्म मात्रै भएको थियो । लामो छलफलपछी उक्त खसेको मतलाई गणना गर्ने विषयमा कांग्रेस सम्बद्ध नेबिसंघको एउटा गुट सहमत भएको थिएन ।

कुनैपनी संघ/संस्था निर्वाचन प्रक्रियामा गएपछी पुरानो कार्यसमिति स्वत: भंग हुने भन्दै २०७९ चैत्र ७ गते क्याम्पसमा स्ववियु निर्वाचन भएकाले अनिल कार्की अब स्ववियु सभापती हुन नसक्ने अखिल (क्रान्तिकारी) पश्चिम दाङका संयोजक नवीन सीले डेलिन्युजराप्तीलाई बताए ।

यस्तै नेपाली कांग्रेस तुलसीपुर-९ ले पार्टी कार्यालय भवन निर्माणका लागि स्ववियु सभापति अनिल कार्कीलाई सम्बोधन गरि लेखिएको पत्रको सकारात्मक प्रतिक्रिया दिदै पुर्व स्ववियु सभापती अनिल कार्कीले क्याम्पस प्रमुख गणेश पार्धेलाई सहयोगका लागि स्ववियुको लेटरप्याडमा पत्र लेखेर बुझाएका थिए ।

गत असोज १४ गते स्ववियुको लेटरप्याडमा क्याम्पस प्रमुखलाई लेखिएको पत्रमा स्ववियुको कोषबाट घट्नेगरी निर्माणाधिन बिपि स्मृती भवनका लागि २ बण्डल छड सहयोग गरेको हुँदा २० हजार बराबरको रकम स्ववियुको कोषवाट उपलब्ध गराइदिनुहुन अनुरोध गरेका थिए ।

राप्ती बबई क्याम्पसले भने पार्टी कार्यालय भवन निर्माणका लागि स्ववियु कोषबाट रकम उपलब्ध गराउन नसकिने जनाएको छ ।

क्याम्पस प्रमुख गणेश पार्धेले सहयोगको पत्रमा नियमानुसार सहयोग गर्नु भनेर लेखा शाखामा पठाएपनि स्ववियु कोषबाट सहयोग गर्दा बिबादित भइने भएकाले सबैको सल्लाह बमोजिम सहयोग गर्न नसकिने बताएका हुन् ।

उक्त विषयमा संगठनको गम्भीर ध्यानाकर्षण भएको बताउदै विप्लव नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी) पश्चिम दाङले अनाधिकृत व्यक्तिले स्ववियुको आर्थिक कोष जथाभावी हिनामिना नगर्न सुझाब दिएको छ ।

अखिल ( क्रान्तिकारी) पश्चिम दाङका अध्यक्ष नविन सीले भने – ‘स्ववियुको कोषमा भएको पैसा आम युवा विद्यार्थीको हो । यसलाइ जथाभावी हिनामिना गर्न मिल्दैन । क्याम्पसमा अलपत्र स्ववियु निर्वाचन प्रक्रियालाई पूरा गरौं । सबै बिद्यार्थी संघ/ संगठनहरुबिच छलफल नहुँदासम्म अनाधिकृत कुनैपनी व्यक्तिले स्ववियु आर्थिक लगाएतका कुनैपनि कामकाजलाई अघि नबढाउन चेतावनी दिन्छु।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार