दलाल पुजीवादी सत्ता रहेसम्म हाम्रो क्रान्ती रोकिने छैन् : विप्लव

डेली न्युजराप्ती       १५ फाल्गुन २०७९ १६:३४ मा प्रकाशित     101 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनताको मुक्तिको चाहनालाई पुरा गरि छाड्ने प्रतिबद्धता पुन: दोहोर्याएका छन । सहिद सप्ताहको अवसरमा एक भिडियो सन्देश दिदै महासचिव विप्लव सीले सो प्रतिबद्धता पुन: दोहोर्याएका हुन्। उनले साम्राज्यवादीहरुको ,भुमण्डलिकृत साम्राज्यवादको हस्तक्षेप रहदासम्म क्रान्ति निरन्तर जारी रहने उद्घोष गर्दै जुनसुकै चुनौति मोलेर ,फेरि सहिद बन्नु परे पनि सहिदको कोटा चुक्ता गर्न तयार भएर पनि, नेपाली जनताको मुक्ति प्राप्त गर्ने चाहनालाई पूरा गरि छाड्ने प्रतिबद्धता जनाएका छन । महासचिव विप्लव सीले देशलाई स्वाधीन बनाएर छाड्ने ठोकुवा गर्दै त्यसमा सबै प्रतिबद्ध, एकताबद्द बन्न र नेपाललाई दलाल पुजीवादबाट मुक्त गर्न वैज्ञानिक समाजवादमा पुग्ने वा प्राप्त गर्ने एउटा नयाँ क्रान्तिमा सहभागी बन्न अपिल समेत गरेका छन ।
सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दिएको सन्देशको मुख्य अंश यस प्रकार रहेको छ – ‘आदरणीय शहिद परिवारजनहरु, बेपत्तायोद्धा परिवारजन, घाइते योद्धाहरु – देशभरिका हाम्रो जनमुक्ति आन्दोलनका नेता कार्यकर्ताहरु र आदरणीय श्रमिक जनसमुदायहरु सबैलाई आज सहिद सप्ताहको अवसरमा न्यानो अभिवादन गर्न चाहान्छु । जसले नेपाली जनताको मुक्तिको लागि आफ्नो अमुल्य जीवन बलिदान गर्नु भएको छ । जसले हाम्रो देशको स्वाधिनताको लागि आफ्नो जीवनलाई अर्पण गरे । जसले सम्पुर्ण रुपले आफ्नो जीवन दिएर पनि जनतालाई मुक्ति र परिवर्तन दिन तयार भए, ती महान शहिदहरु र वेपत्ता योद्धाहरुलाई आज सम्मानपुर्वक स्मरण गर्दै शहिद सप्ताहको दिनमा ,यस क्षणमा म सबै महान शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । बेपत्ता योद्धाहरुलाई स्मरण गर्दै घाइते योद्धाहरुको उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।
हाम्रो जनप्रीय पार्टीको तर्फबाट सबै शहिद परिवार, बेपत्ता योद्धा परिवारहरुलाई विशेष सम्झना व्यक्त गर्दै घाइते कमरेडहरुको शीघ्र स्वास्थलाभको कामना व्यक्तगर्दछु ।
आदरणीय जनसमुदायहरु
हरेक परिवर्तनको ढोका वलिदानद्वारा मात्रै खोलिएका छन ।हरेक नयाँ सृजना र रुपान्तरण असल सपूत -सुपुत्रिहरुको त्याग, वलिदान र निष्ठाबाट जन्मिने गर्छन । हामिले महान जनयुद्ध २०५२ सालमा सुरु गर्द त्यो विशेष स्तरको र नयाँ विशेषताको थिएन ,यधपी राणा शासनको विरुद्धमा, पन्चायतको विरुद्धमा लड्द्दा थुप्रै शहिदहरु हामीले बनाई सकेका थियौं । जब हामी नेपालका श्रमिक, किसान,मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी अनि पहाडका जनताको मुक्तिको लागि नयाँ जनवादी राज्यसत्ता, वैज्ञानिक समजवाद र साम्यवादको लागि र हाम्रो देशको स्वाधीनताको लागि क्रान्ति अगाडि बढायौ । त्यसपछि इतिहासमै अतुलनीय वलिदानहरु अगाडि आए र हामीले त्यो वलिदान सहर्ष स्विकार्यौ । हामी सबैको एउटा प्रण र प्रतिबद्धता थियो आफ्नो जिवनको मूल्य चुकायर भएपनि नेपाली जनतालाई अध्यारो जिवनबाट उज्यालो जिवनमा लैजाने । हाम्रो देशलाई विदेशीहरुको अतिक्रमणबाट मुक्त गर्न, स्वाधीन बनाउन र नेपाललाई एउटा जनताको राज्य बनाएर राज्यसत्तालाई जनतको राज्यसत्ता बनाएर सबै नेपालका तीन करोड नेपाली जनताको सुन्दर जीवन र भविस्य निर्माण गर्ने हाम्रो सपना, हाम्रो चाहाना थियो । हामी लड्यौ ,महान शहीदहरुले बलिदान गर्नु भयो ,बेपत्ता योद्धाहरुले त्याग गर्नु भयो, घाइते भयौं । हामी लड्यौ र एक तहको विजय हामीले प्राप्त गर्यौ । आज नेपालमा गणतन्त्र छ । केही राजनीतिक परिवर्तनहरु भएका छन । सामन्तवादको अन्त्य भएको छ । सामन्तवादको समयमा बोल्न नसक्ने महिला, श्रमिक समुदाय ,किसान, मजदुर बोल्न सक्ने भएका छन । आफ्ना कुरा उठाउन सक्ने भएका छन । राजनीतिक अधिकारको बारेमा जागरण पैदा भयका छन । यी कुरा हाम्रा अगाडि छन । तर पनि जनयुद्धलाई जनक्रान्तिमा हामिले देखेको सपना नेपाललाई जनताको नेपाल बनाउने, यो नेपालमा सबै नागरिकहरुलाई समान अधिकार सुनिश्चित गर्ने र सबैले एउटा समानतामुलक जीवन जिउने चाहाना पूरा भएको छैन ।
खासगरी जनयुद्धको महान सफलता तर विजयउन्मुख यात्रालाई साम्राज्यवादी तत्वहरु, विस्तारवादी तत्वहरु र त्यतिवेलाका दलाल र पुँजीपतिहरु विभिन्न खालका गलत प्रवृतिहरुबाट त्यसलाई षडयन्त्रपुर्वक रोक्ने ,त्यसलाई भाँडने ,अवरुद्ध गर्ने प्रयत्नहरु भए र हामी गन्तव्यमा पुर्णरुपले पुग्न सफल हुन सकेनौं र सकेका छैनौं ,तर क्रान्ति जारी छ ।
एकिकृत जनक्रान्ती जनयुद्धको जगबाट माथी उठिरहेको छ । अगाडि बढिरहेको छ । नेपाली जनताहरुले वैज्ञानिक समाजवाद स्थापना गर्ने आफ्नो चाहानालाई त्यागेका छैनन । हामीलाई जनताको नेतृत्व गर्ने एउटा अवसर प्राप्त भयो ।
नेपालमा दुई -तिहाई संख्यामा कम्युनिस्ट समर्थक जनताहरु हुनुहुन्छ ,थुप्रो संख्यामा देशभक्तहरु हुनुहुन्छ र लोकतान्त्रिक शक्तिहरु हुनुहुन्छ । ती सबैलाई हामीले समेटेर नेपाललाई पुर्ण, एउटा मुक्त राज्य र अधिकार सम्पन्न मुलुक बनाउने हाम्रो चाहना जारी छ ।हामी लडिरहेका छौ । हाम्रो यो यात्रा आज थप पुष्टी भएको छ । दलाल पुजिवादी सत्ता असफल भयको छ । यो पुर्ण रुपले संकटग्रस्त भएको छ । सबै नेपाली जनताहरु यो व्यवस्थाबाट असन्तुष्ट छन । कम्युनिस्टहरु मात्र हैन , क्रान्तिकारी कम्युनिस्टहरु मात्र हैन, सारा श्रमिक जनताहरु, देशभक्तहरु ,लोकतन्त्रवादी शक्तिमा विश्वास राख्ने शक्तिहरु, सबै यो व्यवस्था असफल भयो भनिराखेका छन ।त्यस्तै प्रकारले संसदवादी दलहरु असफल भयका छन । उनिहरुले देश र जनताको नेतृत्व गर्ने हैसियत गुमाएका छन । उनिहरु कसैलाई पनि जनताले विश्वास गरेका छैनन ।
आपसी स्वार्थ, लुछाचुडी ,भगबण्डा ,पद ,मन्त्री, पैसा ,कुर्सी चाहिने र देशलाई लथालिङ्ग पार्ने उनिहरुको खेलमा कोहि पनि जनताहरु सन्तुष्ट छैनन । उनिहरु आफैमा विभाजित हुनपुगेका छन र नेपालमा हामीले देखेका छौं कि नेपाल कम्युनिस्ट पार्टीले जुन विषयहरु अगाडि सारेको छ , खासगरी जनतालाई लघुबित्त, मिटर व्याजी ,विभिन्न रुपका सहकारीहरु र बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याज, बिचौलीहरुको लुटपाट, विदेशी अतिक्रमणकारिहरुको हस्तक्षेप र विदेशीबाट चालिएका विभिन्न खालका घुसपैठहरुबाट नेपाली जनताहरु छटपटाईरहेका छन ।उनिहरुले यसबाट मुक्ति चाहेको छन ।हाम्रो पार्टीले त्यसको विरुद्धमा संघर्ष गरिरहेको छ ।
म अपिल गर्न चाहान्छु, जसले जनताको लागि जीवन दिए, रास्ट्रको लागि जीवन दिए, ती सहिदहरु आज राज्यबाट अपमानित हुनुपरेको छ । सहिद परिवार र वेपत्ता योद्दजनका परिवारहरु अपमानित हुनुपरेको छ । एक प्रकारले, जसले यो परिवर्तन सुनिश्चित गरे उनिहरुलाई एउटा अपराधिकरण गर्ने षडयन्त्र चलिरहेको छ । जसको कारणले आज परिवर्तन भयो ,उसलाई अपमानित गर्ने खेल चलिरहेको छ । तर हामी भन्छौ सहिदहरुको बलिदान कदापि खेर जाने छैन,बेपत्ता योद्धाहरुको त्याग कदापी खेर जानेछैन ,घाइते योद्धाहरुको रगत तेत्तिकै खेर जानेछैन, त्यो एकदिन फेरि जुर्मुराएर उठने छ ।
नेपाली क्रान्ति अगाडि बढदै गर्दा सबै शहिदहरुका परिवारहरु फेरि क्रान्तिमा लामबद्द हुनेछन ।सहिदहरुको रगतबाट नयाँ पुस्ताले उर्जा प्राप्त गर्नेछ र त्यो उर्जाबाट देशलाई परिवर्तन गरिनेछ । यस अर्थमा म सबै सहिद परिवार र बेपत्ता योद्धा परिवार ,घाइते कमरेडको र हाम्रा नेताकार्यकर्ता सबैलाई विना द्विविधा, विना आशङका, विना हिचकिचाहाट देशलाई परिवर्तन गर्न , एकीकृत जनक्रान्तिमा लामबद्द हुनको लागि अपिल गर्न चाहान्छु । शहिदको सपना पूरा गरिछोड्ने एउटा अठोट लियर अगाडि बढ्नको लागि आग्रह गर्दछु र हाम्रो पार्टी विश्वास दिलाउन चाहान्छ कि जुन दिनसम्म हामी यो धर्तिमा रहने छौ, जुन दिनसम्म नेपालमा दलाल पुजिवादी सत्ता रहनेछ, हाम्रो क्रान्ति रोकिने छैन, क्रान्ति निरन्तर जारी रहने छ । साम्राज्यवादीहरुको ,भुमण्डलिकृत साम्राज्यवादको हस्तक्षेप रहदासम्म हाम्रो क्रान्ति निरन्तर जारीरहने छ ।हामी जुनसुकै चुनौति मोलेर ,फेरि सहिद बन्नु परे पनि सहिदको कोटा चुक्ता गर्न तयार भएर पनि, नेपाली जनताको मुक्ति प्राप्त गर्ने चाहनालाई पूरा गरि छाड्नेछौ । देशलाई स्वाधीन बनाएर छाड्नेछौ । त्यसैले हाम्रो प्रतिबद्धमा सबै एकताबद्द बनौ र नेपाललाई अन्तिम रुपले दलाल पुजीवादबाट मुक्त गर्न वैज्ञानिक समाजवादमा पुग्ने वा प्राप्त गर्ने एउटा नयाँ क्रान्तिमा सहभागी बनौ ।
सहिद सप्ताहको सन्दर्भमा यहि आग्रह गर्दै ,फेरि पनि महान सहिदहरुलाई स्मरण गर्दै र श्रद्धाञ्जली गर्दै बेपत्ता योद्धालाई स्मरण गर्दै, घाइते योद्धालाई सम्मानसहित सहिद सप्ताहको अवसरमा सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार