अमेरिकाको टेक्सासमा गोलि लागेर पाँच जनाको ज्यान गयो!

डेली न्युजराप्ती       १७ बैशाख २०८० ०८:३१ मा प्रकाशित     101 No Comments

काठमाडौ । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ । दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको जनाइएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएको छ । गोली हान्ने व्यक्ति अझै फरार रहेको प्रहरीले बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा पनि गोली चल्दा नौ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार