नेकपा दाङको सातौं पुर्ण बैठक: बिहान खेतबारीमा श्रम,दिउँसो छलफल

डेली न्युजराप्ती       २३ चैत्र २०७८ १९:३२ मा प्रकाशित     701 No Comments

पार्टी दर्ता गरेर चुनावमा जादैनौ तर राष्ट्रघाती एमसिसी एवम राष्ट्रघात बिरोधि जनपक्षीय प्रतिनिधिहरुलाइ सहभागी गराउछौँ र सहयोग गर्छौं साथै संसदीय व्यवस्थाको भण्डाफोर गर्छौ: नेता शितल

चैत्र २३,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको सातौं पुर्ण बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ।

नेकपाको सातौं पुर्ण बैठकमा नेता-कार्यकर्ताहरुले राजनितीक छलफल मात्रै गरेका छैनन बरु प्रत्येक नेता-कार्यकर्ताहरु श्रममा जोडिएर नया सन्देश दिएका छन।
चैत्र २२ र २३ गते दुई दिनसम्म चलेको बैठकमा उपस्थिति सम्पुर्ण जिल्ला समिती,बिशेष समिती,स्थानीय पार्टी कमिटी लगाएत जबस मोर्चाका जिल्ला स्तरीय नेता-कार्यकर्ताहरुको सहभागीतामा घोराही उपमहानगरपालिकाको ढिकपुरमा पार्टीले सुरु गरेको आफ्नै उत्पादनमा श्रम गरेका हुन। नेकपा दाङले करिव ७ बिघा जमिनमा कृषि उत्पादनलाई जोड दिइरहेको छ।
सातौं पुर्ण बैठकको अवसर र नियमित श्रममा जोडिएको पार्टी पंक्तिले पार्टीको हालको उत्पादन तोरी काटेर त्यसको व्यवस्थापन गरेको नेकपा दाङका सेक्रेटरी प्रदिपले बताए।
उनले भने– ‘ हामिले हाम्रो उत्पादन मार्फत आत्मनिर्भर हुने र कम्युनिस्ट मूल्य,मान्यता,आदर्शलाई जीवन व्यवहारमा लागू गर्न खोजिरहेका छौँ ।’
सेक्रेटरी प्रदिपले जनकम्युनको अवधारणा अन्तर्गत उत्पादनलाई अगाढी बढाएको समेत बताएका थिए।

घोराहीमा दुई दिनसम्म चलेको नेकपा दाङको ऐतिहासिक सातौं पुर्ण बैठकले महत्वपूर्ण निर्णय लिएको छ। बैठकले नेकपा केन्द्रीय समितीको १२औ पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरु दृढताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो।

आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर राष्ट्रघाती एमसिसी एवम राष्ट्रघात बिरोधि जनपक्षीय प्रतिनिधिहरुलाइ सहभागी गराउने र सहयोग गर्ने साथै संसदीय व्यवस्थाको भण्डाफोर गर्ने जस्ता महत्वपूर्ण निर्णय लिएको छ।बैठकले जिल्लामा भव्य विशाल जनसभा गर्ने,वडा स्तरमा भण्डाफोर सभाहरु गर्ने,जवस/मोर्चाका पालिका स्तरमा र जिल्ला स्तरमा सम्मेलनहरु गर्ने,स्थानीय चुनावलाइ संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णयहरुको गरेको हो।
यस्तै बैठकले चैत्र २४ गते भोलि जनआन्दोलन दिवसको सन्दर्भमा चर्को महंगी र राष्ट्रघाती एमसिसी विरुद्ध दाङका मुख्य शहरहरुमा प्रदर्शन सहित सभाहरु गर्ने,राष्ट्रघाती एमसिसि कुनैपनी हालतमा लागु हुन नदिनेगरी एमसिसी विरुद्ध प्रभावकारी संघर्ष संचालन गर्ने,६ कम्युनिस्ट र २ मोर्चाको संयुक्त आयोजनामा एमसिसि,राष्ट्रघात र महंगी विरुद्ध संघर्ष संचालन गर्ने,भ्रष्टाचार,कमिसन र सामाजिक उत्पीडनका विरुद्ध शसक्त जनसंघर्ष संचालन गर्ने निर्णय गरेको हो। बैठकले पार्टीका पालिका कमिटी,वार्ड कमिटी र सेल कमिटीहरु सुदृढ गर्ने तथा जवस/मोर्चाका पालिका कमिटी सुदृढ गर्ने लगाएतका निर्णय गरेको छ।

बैठककमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य शितलले पार्टी विरुद्ध प्रतिक्रियावादीहरुले अनेकन भ्रामक प्रचारबाजी गरेको बताए। नेता शितलले भने– ‘स्थानीय चुनावको विषयमा गरिएका प्रचारबाजी र पार्टीलाई बदनाम गराउने प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई परास्त गरिएको छ।’

नेता शितलले स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने बताए। उनले चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव नभएको समेत बताए।
नेता शितलले भने – ‘पार्टी दर्ता गरेर चुनावमा जादैनौ तर राष्ट्रघाती एमसिसी एवम राष्ट्रघात बिरोधि जनपक्षीय प्रतिनिधिहरुलाइ सहभागी गराउछौँ र सहयोग गर्छौं साथै संसदीय व्यवस्थाको भण्डाफोर निरन्तर गर्छौ।’

नेकपा दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा बसेको बैठकमा नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर,बिशेष कमिटी सदस्यहरु सम्झना र बिक्रम समेत आतिथ्य रहेको थियो। बैठकमा उपस्थित बिशेष कमिटीका सदस्यहरुले आ-आफ्नो अनुभुतीजन्य मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार