तुलसीपुर महोत्सवमा दर्शकको टाउकोमा ढुंगा हानिएको घटनाबारे प्रहरी बेखबर!

डेली न्युजराप्ती       ४ फाल्गुन २०८० ०८:०९ मा प्रकाशित     151 No Comments

दाङको तुल्सिपुरमा र्यापर लाउरेले गीत गाउँदै गर्दा हानिएको ढुङ्गा साउन्ड सिस्टम (speaker) मा लागि रिटर्न आउदा एक जना दर्शकको टाउकोमा चोट लागेको छ । चोट लाग्ने सल्यान घर भई हाल तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी देपेश खड्का रहेका छन् ।

उक्त घटनाको बारेका बुझ्दा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख ( DSP ) ठाकुर प्रसाद पोख्रेलले उक्त महोत्सव स्थालमा कुनै घटना नघटेको बताएका छन भने घाइते खड्काले आफुले पटक पटक प्रहरीलाई खबर गरेको तर प्रहरीले व्यवास्था गरेको बताएका छन ।

आफू उभिरहेको बेला एक्कासि माथी माट ढुङ्गा आएर चोट लागेको र आफुले प्रहरीलाई बताएको अनि मेलाको स्वस्थ्य हेल्थ डेक्समा पनि गएको र एम्बुलेन्सको चालक पनि नभेटेपछि गेट बाहिर आउदा एक जना महिला प्रहरीले मोटरसाइकल मा बसालेर आफूलाई उपचार गर्न लगेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार