रोल्पाको रुन्टीगढीमा शिक्षकद्वारा स्थानीय खड्कामाथि कुटपिट!

डेली न्युजराप्ती       २ असार २०८० ११:३६ मा प्रकाशित     65 No Comments

तेज वीर बिसी
राेल्पा / राेल्पाकाे रुन्टीगढी गाउँपालिका वडा नं. ७ मा एक शिक्षकले स्थानीयबासी भुपेन्द्र खड्कामाथि कुटपिट गरेको आरोप लागेको छ । महेन्द्र मावि राेल्पा हाेलेरी रोल्पाका शिक्षक रेशम बुढाथोकीले राजनीति गरेर स्थानीय मजदुर खड्कामाथि कुटपिट गरेको आरोप लागेको हो ।
पीडित स्थानीय भुपेन्द्र खड्काले गत जेठ २९ गते राति शिक्षक रेशम बुढाथोकीले आफ्नो टाउँको एक मुक्का प्रहार गरेको बताएका छन् । गत स्थानीय चुनावमा नेपाली काङ्ग्रेसलाई भाेट दिन दबाबसँगै घर घेराउ कुटपिट जस्ता घृणित कार्य गर्दै व्यक्तिको स्वतन्त्रताको हनन गर्दै दबाबमा राख्न खोजेको र अहिले पनि सत्ताकाे आड्मा कुटपिट तथा अभद्र व्यवहार समेत गरेको पीडित खड्काले जानकारी दिए ।

शिक्षक रेशम बुढाथोकी नेपाली काङ्ग्रेस निकट निवर्तमान शिक्षक संघ रुन्टीगढी सभापति समेत रहेकाे देखिएकाे छ ।

पीडितले इलाका प्रहरी कार्यलय हाेलेरीमा छलफलकाे लागि निवेदन दिएका छन् । प्रहरीसँग बुझ्दा त्यस्ताे कुनै शरीरमा चाेट पटक नदेखिएको भन्ने आएकाे छ । हामी छलफलमै रहेकाे हाेलेरी इलाका प्रहरी कार्यलयका इनिस्पेक्टर मधुसूदन विश्वकर्माले बताउनुभएको छ।

उता पीडक शिक्षक रेशम बुढाथोकीले स्थानीयबासी भुपेन्द्र खड्कालाई कुटपिट नगरेको बताएका छन् । उनले सिस्ने अनलाइनसँग कुराकानी गर्दै गाउँघरमा खानपिनका लागि बसेको बेलामा सामान्य विवाद मात्र भएको र त्यो समयमा राजनीतिको `र´ को समेत उच्चारण नभएको जानकारी दिए । विवादको क्रममा स्थानीय भुपेन्द्र खड्काको टाउँको आफ्नो हात ठोक्किन पुगेको तर कुटपिट नभएको शिक्षक खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार