अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल केसिको नाममा २१ दिने पक्राउ पुर्जी जारी!

डेली न्युजराप्ती       २२ असार २०८० २१:५२ मा प्रकाशित     1146 No Comments

हेमन्त प्रकाश ओली ।
असार २२ , दाङ । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल केसिको नाममा २१ दिने पक्राउ पुर्जी जारी भएको छ ।

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

२०७९ साल असोज १३ गतेको दर्ता भएको अभियोग पत्र अनुसार नेता अनिल केसिको नाममा सामह्वान जारी गरि शुक्रबार नेता केसिको रोल्पा स्थित परिवर्तन गाउँपालिका वडा नं. मा रहेको खाली घरमा पुर्जी टाँसिएको हो ।

प्रशासनले सामह्वान तामेल भएको मितिले बाटाका म्याद बाहेक २१ दिनभित्र प्रशासनमा हाजिर हुन उर्दी जारी गरिएको छ ।

यता पुर्जी जारी भएपछी नेता अनिल केसिले कथित अभद्र व्यवहार नामको झुठो मुद्दा दर्ता गरेर आतंकित बनाउने , तर्साउने तिमिहरुको योजनाले मुक्ति या मृत्यु रोजेर परिवर्तनको निम्ति मैदानमा होमिएको एक योद्धा लाई केही पनि फरक नपर्ने बताएका छन् ।
उनले सामाजिक संजाल फेसवुक मार्फत पटकपटक कथित अभद्र व्यवहार नामको कागजी खोस्टो बोकेर यसरी लुकेर खाली घरमा टास्दै हिड्नु भन्दा बरु कस्लाइ भएको छ आफुबाट अभद्र व्यवहार सिधै आफुकहाँ आएर बुझ्न सुझाव दिएका छन् ।

नेता अनिलले बारम्बार लुकेर जिस्क्याउने हो भने यसको हिसाबकिताब राम्रै हुने समेत चेतावनी दिएका छन् ।
उनले झुठो मुद्दामा पूर्वाग्रही बनेर रोहवरमा बसेर प्रशासन खुसी बनाउन भरपुर मदत गर्ने परिवर्तन २ राङ्सीका वडा अध्यक्ष हरी बुढा (संवेग)लाई हार्दिक आभार सहित धन्यवाद समेत दिएका छन् ।

यता केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेर नेकपा शान्ति प्रक्रियामा आएको थियो।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसंग भएको तिन वुदे सहमतीमा नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने , राजबन्दी रिहाई तथा झुठा मुद्दा खारेज गर्ने र नेकपाले शान्तिपुर्ण गतिविधि गर्ने लगाएतको सहमती भएनपनि हालसम्म नेकपा राजबन्दी रिहाई र झुठा मुद्दा खारेजीको प्रक्रिया सुरु भएको छैन् ।

नेकपाले भने तिन बुदे सहमतीको पालना गर्दै आफ्ना गतिविधिलाई शान्तिपुर्ण बनाएको छ भने सरकारले सहमतीपछि पनि नेकपाका नेता-कार्यकर्तामाथी बेलाबेलामा पक्राउ पुर्जी जारी गर्ने गरेको छ ।

यस्तो छ नेता अनिल केसिले आफुमाथी जारी गरिएको पुर्जीका विरुद्धमा सामाजिक संजालमा लेखेको स्टाटस:-

प्रचण्ड सरकार र त्यसको गृह प्रशासनले आज फेरि रोल्पामा रहेको खाली घरको ढोकामा २१ दिन भित्र हाजिर हुन आउनु भन्ने उर्दी सहितको कथित पुर्जी टाँसेर हिडेछ।
कथित अभद्र व्यवहार नामको झुठो मुद्दा दर्ता गरेर हामीलाई आतंकित बनाउने ,तर्साउने तिमिहरुको योजनाले मुक्ति या मृत्यु रोजेर परिवर्तनको निम्ति मैदानमा होमिएको एक योद्धा लाई केही पनि फरक पर्दैन।
यो झुठो मुद्दामा पूर्वाग्रही बनेर रोहवरमा बसेर प्रशासन खुसी बनाउन भरपुर मदत गर्ने परिवर्तन २ राङ्सीका वडा अध्यक्ष हरी बुढा (संवेग) जि लाई हार्दिक आभार सहित धन्यवाद छ ।

मलाई हजुरबाले भनेको याद ताजै छ वर्गसंघर्ष र जनयुद्धको सुरुवाती चरणमा त्यतिबेलाको राज्य प्रशासनले हाम्रो हजुरबुबा हरु कम्युनिस्ट अझ माओवादी हुँदा विभिन्न झुठा मुद्दा लगायत अनावश्यक दुख दिइरहन्थो र त्यति बेला रोहवर र साक्षी चाहिँ त्यतिबेलाका राज्य पक्षका हर्ताकर्ता मानिने माल बहादुर डाँगी (माले प्रधान) हरु नै हुन्थे अहिले फेरि सत्ता पक्षका हर्ताकर्ता मानिएका वडा अध्यक्ष हरी बुढा र उतिबेलाका हर्ताकर्ता माले प्रधान मिलेर साक्षी बनेर कथित अभद्र व्यवहारको झुठो मुद्दा लाई साचो बनाउन ज्यान फालेर लागेछ्न।
पटक पटक कथित अभद्र व्यवहार नामको कागजी खोस्टो बोकेर यसरी लुकेर खाली घरमा टास्दै हिड्नु भन्दा बरु कस्लाइ भएको छ म बाट अभद्र व्यवहार ,दुव्र्यवहार सिधै म कहाँ आए हुन्छ मैले के गर्नु पर्ने हो??म मैदानमै छु!
होइन भने यसरी नै बारम्बार लुकेर जिस्क्याउने हो भने यसको हिसाबकिताब राम्रै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार