तुलसीपुरको एकीकृत सहकारीद्वारा नयाँ पोखरी निर्माण परियोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न

डेली न्युजराप्ती       २५ जेष्ठ २०८० १५:०५ मा प्रकाशित     479 No Comments

जेष्ठ २५ , तुलसीपुर । एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाले नयाँ पोखरी निर्माण परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारी संस्था तुलसीपुर – १७ बेलझुण्डि रत्न उधानमा संचालित नयाँ पोखरी निर्माण परियोजनाको सुनुवाइ भएको हो ।

तुलसीपुर – १७ का जनप्रतिनिधि शसिधर पौडेलको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमको सहकारी संस्थाका सचिव दिपेन्द्र ओलीले सहजीकरण गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै जनप्रतिनिधि पौडेलले संस्थाले माछा पालन तथा भुरा उत्पादनको अवधारणाले आफू उत्साहित भएको बताए । उनले भने – ‘तपाईंहरुको यो सक्रियताले कृषि क्षेत्रमा प्रमुख योगदान दिनेछ । यो उत्पादनमा यहाँका जनताहरुलाइ जोडेर अगाडि बढ्नुपर्ने देखिन्छ । यहाँका जनतालाई पनि रोजगारीको वातावरण सिर्जना गर्दा उपयुक्त हुन्छ । स्थानीय सरकारले यो परियोजनामा सहयोग , हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष प्रदिप ओलीले कृषि कर्म मार्फत देशलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सहकारी मार्फत विभिन्न परियोजना अगाडि बढाइरहेको स्पष्ट पारेका थिए ।
तत्काल केही समयभित्र माछा पालन सुरु गरिने र लग्गत्तै भाडामा लिएको जग्गामा पार्क , सभाहल सहित एग्रो टुरिजमको अवधारणा सहित बृहत् योजना अगाडि सारेको अध्यक्ष ओलीले बताएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दा , सहकारी संस्थाका शेयर सदस्य , जनप्रतिनिधि लगाएतको सहभाहिता रहेको थियो ।

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराहीको ५०% अनुदान रकम रु.९९५०००/- तथा सहकारी संस्थाको कुल रु.११३५०००/- लगानी गरि जम्मा रु.२१३००००/- मा नयाँ पोखरी निर्माण सम्पन्न गरिएको सहकारी संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार