विप्लवद्वारा च्यात्रामा बनाएको नमूना विद्यालयको उद्घाटन (फोटोफिचर सहित)

डेली न्युजराप्ती       ५ भाद्र २०७९ ०६:२२ मा प्रकाशित     554 No Comments

नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले एक समारोहका विच च्यात्रामा निर्मित प्रज्वल स्मृति नमुना आधारभूत विद्यालयको उद्घाटन गर्नुभएको छ ।
नेकपामा महासचिव विप्लवको परिकल्पना तथा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको हो।
विद्यालय उद्घाटन कार्यक्रम लाई महासचिव विप्लवले सम्बोधन गर्ने क्रममा च्यात्रा डाँडाको माग र आवस्यकता हाम्रो पार्टीको योजना ,विद्यार्थी संगठनको तत्परता र यो भेगका सबै नागरिकको सहभागीतामा प्रज्वल स्मृति आधारभूत विद्यालय तयार भएर उद्घाटन गर्दैगर्दा औधी खुशी लागेको बताए। साथै दलाल पुजीवादी सत्ताका दलालहरु संग संघर्ष गर्ने क्रममा च्यात्रा डाँडामा पुग्ने अवसर मिलेको र त्यहाका जनताले बालबालिका पढाउन निकै दुख भएको गुनासो गर्दै स्कुल बनाइदिन आग्रह गरेपछि सम्भव भएसम्म स्कुल बनाइदिने बाचा गरेको र पछि पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल गरेको र पार्टीले विद्यार्थी संगठन सहितको सहभागितामा आधारभूत विद्यालय निर्माण गर्ने निर्णय गरेको बताए। राज्यको प्रतिबन्धका कारण विद्यालय निर्माणमा केही कठिनाइ भएपनि स्कुल उद्घाटन गर्न पाउँदा औधी खुशी लागेको बताए। महासचिव विप्लवले सजिलो होस या अप्ठ्यारो जस्तोसुकै परिस्थितिमा पनि जनताको हरदम सेवामा तत्पर रहने बताए।

महासचिव विप्लवले आफ्नो पार्टी जनयुद्धको सपना र लक्ष्य पुरा गर्न एकीकृत जनक्रान्ती हाकिरहेको पार्टी भएको जिकिर गर्नुभयो। पार्टीले मुठ्ठीभर दलाल पुजिपती बर्गको सत्ता फालेर जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न चाहेको र वैज्ञानिक समाजवाद प्राप्ति बाट मात्र यी तमाम समस्या समाधान हुने विप्लवको भनाइ थियो।
अर्को फरक प्रसंगमा नेपालमा अहिले अमेरिकी साम्राज्यवादको हस्तक्षेप अतिक्रमण असीमित बढिरहेको र यसले एमसीसी,एसपीपी जस्ता राष्ट्रघाती सम्झौताहरु लादेर नेपाल लाई अमेरिकाको नवऔपनिवेसिक बनाउदै गरेको बताए।
साथै महासचिव विप्लवले सरकारले ३ बुदे सहमति कार्यान्वयन गरि झुठ्ठा मुद्दा खारेज ,बन्दी रिहाई गर्नुकोसाटो पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्दमा लैजाने प्रयास गरिरहेको भन्दै राज्यले आफ्ना सड्यन्त्रका तानाबाना खारेज नगरे जस्तोसुकै मुल्य चुकाउएर पनि देश र जनताको पक्षमा लडिरहने बताए ।
यस्तै उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले आफ्नो पार्टी जनताको सेवक भएको र निरन्तर जनताको सेवा गरिरहने बताए। जनताको सेवामा समर्पित हुँदै गर्दा दलाल सत्ताका शासक हरु निहुँ खोज्न आए त्यसको प्रतिबाद गर्ने चेतावनी दिए । उद्घाटन कार्यक्रमका अध्यक्ष तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले आफ्नो संगठन स्थापनाकालदेखि नै विभिन्न त्याग ,तपस्या ,योगदान गर्दै यहाँ सम्म आएको र संघर्ष गर्दैगर्दा संगठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाहीको बलिदान भएको र उहाँको सम्मान र सम्झनामा च्यात्रा गाउको आवस्यकतामा पार्टी ,संगठनले विद्यालयस्थापना गरेको बताए। साथै आफुहरु यो देशमा भएका अथवा राज्यसत्ताले गरेका खराब कामको भन्दाफोर,संघर्ष गर्ने तथा विद्यार्थीको हक हित अधिकार ,राष्ट्रियता,जनतन्त्र ,जनजिविका,समान शिक्षाको निम्ति निरन्तर लागिरहने र आवस्यक पर्‍यो परे देश र जनताको निम्ति बलिदान दिन तयार हुने बताए ।

कार्यक्रममा अतिथि अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विश्वकार्माले राज्यको नजर नपुगेको यस्ता दुरदराज बस्तिहरुमा आफुहरुले सेवा गर्न पाउदा निकै खुसी भएको र निरन्तर जनताको सेवा गरिरहने बताए। साथै च्यात्रा नमुना विद्यालयलाइ गुणस्तरीय बनाउने र आगामी दिनहरूमा विद्यालयको स्तरोन्नति गर्दै लैजाने बताए।
त्यस वडाका पूर्व वडा अध्यक्ष नन्द तामाङले आफुहरुले गर्न नसकेको काम विप्लव नेकपा र अखिल(क्रान्तिकारी)ले गरेको भन्दै बधाई तथा धन्यवाद दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थिङले राज्यले आफुहरुलाई नचिनेको भन्दै दुख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीले आफुहरुलाइ चिनेको र आफुहरुको बर्षौ देखिको ठूलो सपना पुरा गरिदिएकोमा आभार तथा धन्यवाद व्यक्त गरे। साथै उनले आफ्ना छोराछोरीले पनि विद्यालय देखेको र यहाँ अध्ययन गरेर रास्ट्रको निम्ति योगदान दिने बताए। उनले नेकपाका महासचिव विप्लव च्यात्रा आएका बेला विद्यालय निर्माणको माग राखेको र आज पूरा भएको बताए। उद्घाटन कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का महासचिव ललित विक ले गरेका थिए।

विद्यालय उद्घाटन कार्यक्रममा पुगेका पार्टी र विद्यार्थी संगठनका नेता ,कार्यकर्ता लाई स्थानीय जनताले भब्य स्वागत गरेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय र त्रि.वि इन्जिनियरिङ इन्चार्ज अनिल केसी ले बताए।
च्यात्रा गाँउमा करिब २५ घरधुरी रहेका छ्न । गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेका छ्न।
अखिल (क्रान्तिकारी ) को आफ्नै लगानी, श्रमदान,दाता संगको सहयोग र स्थानीय पार्टी ,जनतासँगको सहकार्यमा ४ कोठे विद्यालय भवनको निर्माण सम्पन्न गरेको हो। हिजो उद्घाटन लगत्तै विद्यालयमा पढाई सुरु भएको छ । विद्यालयलाई आवश्यक फर्निचर, खेलकुद सामग्री र शैक्षिक सामग्री समेत अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल केसी ले बताए । अहिले विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएका छन ।

नेकपाका महासचिव विप्लवले उक्त उद्घाटन कार्यक्रम लाई अडियो सन्देश पठाएर उद्घाटन गर्नुभएको थियो।
फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार