फागुन ११,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले मृतक मानसिं ओलीप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आइतबार पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले एक शोक वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सल्लाहकार भद्र बहादुर सीका बुवा दिवंगत ओलीप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
त्रीवेणी गाउँपालिका-३ हाइबाङ रुकुम निवासी मानसिं ओलीको फागुन ७ गतेका दिन ७९ वर्षको उमेरमा दुखद निधन भएको थियो ।
नेकपा दाङले मृतक ओलीप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन , आफन्तजन एवम इस्टमित्रमा गहिरो समवेदना व्यक्त गरेको छ ।
मृतक मानसिं ओली नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीका दाइ समेत हुनुहुन्छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.