गुल्मी । नेकपा बहुमतका जिल्ला सेक्रेटरी अनिल राना र जिल्ला सल्लाहकार बुद्धिसागर पोखरेल नेकपामा ध्रुवीकरण भएका छन् ।
बुधबार तम्घासमा पार्टी स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले राना र पोखरेललाई पार्टीमा ध्रुविकृत गरेका हुन् । पार्टीमा स्वागत गर्दै इन्चार्ज सन्तोस सीले नेकपा श्रमजीवी वर्गको भएको सबै क्रान्तिकारी, समाजवादी र देशभक्तहरु एकठाउँमा केन्द्रीत हुनुपर्ने बताए ।
ध्रुवीकरण कार्यक्रममा बोल्दै अनिल रानाले पार्टी विभाजनले क्रान्ति र आन्दोलनलाई क्षति पुगेको र फुटको औचित्य समेत पुष्टि नभएकोले हामी नेकपा बहुमत परित्याग गरी नेकपामा प्रवेश गरेको बताए । नेकपा बहुमतका जिल्ला सल्लाहकार बुद्धिसागर पोखरेलसँगै अन्य नेता कार्यकर्ता समेत नेकपामा प्रवेश गरेका हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.