नेकपाका प्रवक्ता प्रकाण्डको चीन भ्रमण: देश र जनताका लागि कोशेढुंगा सावित हुने विश्वास

डेली न्युजराप्ती       ५ भाद्र २०७९ १३:३२ मा प्रकाशित     863 No Comments


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड चीन भ्रमणमा निस्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहल र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड गत साउन २९ गते चाइना एयरको CA ४३८ को जहाजबाट चीन प्रस्थान गरेका हुन् । अहिलेको विषम विश्व र राष्ट्रिय राजनीतिक परिस्थितिमा गरिएको प्रवक्ता प्रकाण्डको चीन भ्रमणलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बिशेष महत्वको साथ हेर्ने र विश्लेषण गर्ने कार्य भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्डको यो जनशैलीको भ्रमण संसद्वादी राजनीतिक दल, तिनका नेता र सरकारका प्रतिनिधिले गर्ने भ्रमणभन्दा मौलिक दृष्टिले समेत भिन्न रुपमा हेरिएको छ किनभने देशमा आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्ति संचालन गरिराखेको पार्टीका प्रवक्ताले चीन भ्रमण गरिरहेका छन् ।

नेपालको राष्ट्रिय स्वाधीनताको मुद्दाले असाध्यै संबेदनशील अवस्थाको सामना गरिरहेको छ, दलाल संसदीय व्यवस्था र यसका संचालक पूर्णरुपमा असफल भएको र नेपाली जनताले परिवर्तन चाहिरहेको राष्ट्रिय परिस्थितिमा गरिएको यो भ्रमण बिशेष महत्वको हुने आँकलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्डको यो भ्रमणलाई राष्ट्रघाती र दलाल तत्वहरुले नकारात्मक रुपमा प्रस्तुत गर्ने कुचेष्टा गरेपनि नेपालका आम क्रान्तिकारी राजनीतिक दल, नेता र स्वाभिमानी नेपाली जनताले यो भ्रमण देश र जनताका लागि कोशेढुंगा सावित हुने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार