मिटरब्याजी ‘शेख मुनिर अहमद ‘ को घर विप्लवको नियन्त्रणमा!

डेली न्युजराप्ती       ३ असार २०८० ०७:४० मा प्रकाशित     86 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीले मिटरब्याजी शेख मुनिर अहमदको घर जन -नियन्त्रण लिएको छ। सो पार्टीले शनिवार धनगढी–१ पशुपति टोलमा रहेको शेख मुनिर अहमदको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले जनताको आग्रहमा घर कब्जामा लिएको उल्लेख गरेको छ। सूचनामा लेखिएको छ- ‘सयौं जनालाई घरवारविहीन बनाउने, कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घरजनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ। साथै कुख्यात अपराधीका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफत गरिने र सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार