नेकपाले किन बुझायो सरस्वती मावी चरकमटियामा ‘रातो लालटिन’सहित ध्यानाकर्षण पत्र?

डेली न्युजराप्ती       २८ चैत्र २०७९ २२:३३ मा प्रकाशित     216 No Comments

चैत २८ , तुलसीपुर । नेकपा बबई गाउँकमिटीले पालिकाको एक बिधालयमा देखिएका समस्या समाधनका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोमबार नेकपा बबईले श्री सरस्वती मावी बबई -७ चरकमटियामा बिधालयमा व्यवस्थापन समिती गठन हुँदा देखिएका समस्याहरु तत्काल समाधान गरिनुपर्ने मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेकपा बबईले सांकेतिक रुपमा ‘रातो लालटिन’सहित बबई गाउपालिका भित्र रहेका बिद्यालयहरुमा शैक्षिक सुधार , गुणस्तर , बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ गठन लगाएत गाउपालिका वडा नं. मा रहेको सरस्वती मावी चरकमटिया बिधालय व्यवस्थापन समिति गठनमा देखिएका समस्याहरु तत्काल हल गर्नका लागी मावी चरकमटिया र बोधार्थमा बबई गाउपालिकाको कार्यालय , बबई गाउपालिका कार्यालय शिक्षा शाखालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेकपा बबईका इन्चार्ज उज्ज्वल सी र सेक्रेटरी रण बहादुर वलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा समग्र शैक्षिक सुधार , बिधालय व्यवस्थापन समिती गठन प्रक्रिया , शिक्षक अभिभावक संघ गठन लगाएतका बिसयमा देखिएका समस्याहरुप्रती सबैले सचेततापुर्वक ध्यान नदिएमा पार्टीले सबै प्रकारका पहलकदमी लिन तयार रहेको स्पष्ट पारिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेकपा बबईका इन्चार्ज उज्ज्वल सी , नेकपा पश्चिम दाङका जिल्ला कमिटी सदस्यहरु दिल बहादुर सी , हिक्मत सी लगाएतका नेता-कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ ध्यानाकर्षण पत्रको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार