नेकपाद्वारा अमेरिकालाई द्वन्द्व र अशान्ति पैदा गर्ने गतिविधि राेक्न आग्रह

डेली न्युजराप्ती       १९ श्रावण २०७९ १६:२३ मा प्रकाशित     228 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागले अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि राेक्न आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका सचिव आमुलले एक प्रेस विज्ञप्ति जारी गरि विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा एक चीन नीति विपरित अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकोप्रति खेद प्रकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, `यो भ्रमणले चीन र ताइवान बिच थप द्वन्द्व मात्र चुलिएको छैन, एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नाे पुरानो चरित्र फेरि नाङ्गो रूपमा विश्व सामु देखाएको छ ।
विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा एक चीन नीति विपरित भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग खेद प्रकट गर्दछ ।´

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार