खानेपानीबाट नगर हाक्न हौसिएका खेमराज

डेली न्युजराप्ती       २१ बैशाख २०७९ ११:४१ मा प्रकाशित     276 No Comments


दाङ, २१ बैशाख ।
२०६४ सालमा तुलसीपुरमा खानेपानीको हाकाकार थियो । निर्वाचित समिति पानीको व्यवस्थापन गर्न नसकेर राजिनामाको अवस्थामा पुगेको थियो । राजनीतिक दलहरूलाई खानेपानी संस्था व्यवस्थापनको ठूलो चुनौती रहेको थियो । त्यहि अवस्थामा नेकपा माओवादी पार्टीले खेमराज वलीलाई खानेपानीमा पठाउने प्रस्ताव अन्य दललाई ग¥यो । अन्य दलले पनि त्यो प्रस्ताव स्वीकार गरे र खेमराज वली दलीय सहमतिका खानेपानी अध्यक्ष बने।

त्यसपछि ओलीले खानेपानीको समस्यामा फर्केर हेर्नु परेन । निरन्तररूपमा निर्वाचित हुँदै खानेपानीको नेतृत्व गरिरहे । अन्य दलले अरू सबै पदमा जित हासिल गर्दासमेत वलीलाई हराउन सकेन । उनको त्यो खानेपानीको व्यवस्थापकीय अनुभव अब उपमहानगरमा लगाउने सोंच बनाएका छन् । आफू निर्वाचन नलडी दुई महिना अघि भएको निर्वाचनबाट नयाँ व्यक्तिलाई खानेपानीको नेतृत्व सुम्पेर वली राजनीतिमा होमिएका छन् । तुलसीपुर खानेपानी संस्थाका १६ वर्ष नेतृत्व गरेका खेमराज वली अहिले तुलसीपुर उपमहानगर–पालिकाको उपमेयर (उप–प्रमुख)को उम्मेदवार बनेका छन् ।

तुलसीपुरको खानेपानीको अवस्था जरजर भएको समयमा २०६४ सालमा सर्वदलीय सहमतिबाट खानेपानीको नेतृत्वमा पुगेका ओलीले उपमहानगरपालिका भित्रको खानेपानी सेवा क्षेत्रलाई सुधार गरेर २०७८ सालसम्ममा तुलसीपुर खानेपानी हाँके । पार्टीगत रूपमा आफ्नो जनमत कमजोर भए पनि वलीले खानेपानीको चुनाव कहिले पनि हारेनन् सधै जिति रहे, त्यहि हौसला, आँट लिएर अहिले उपमहानगरको निर्वाचनमा होमिएका छन् । ‘खानेपानीमा उपभोक्ताले देखाएको मायालाई नगरको विकासमा पनि लगाउने साेंच गरेर उम्मेदवार बनेको छु’ उनले भने, ‘उपभोक्ताको सहयोग यस पटक पनि पाउने छु ।’
साभार:प्रदेश टुडेबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार