अखिल(क्रान्तिकारी) दाङको दोस्रो पुर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       ३० श्रावण २०७८ २०:२६ मा प्रकाशित     762 No Comments


हेमन्त वली श्रावण-३०,दाङ। नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी) दाङको २४औ जिल्ला सम्मेलन पछिको दोस्रो पुर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।शुक्रबार दाङको घोराहिमा भएको अनेरास्ववियु(क्रान्तिकारी) २४ औ जिल्ला सम्मेलन पछिको दोस्रो पुर्ण बैठकको प्रमुख आतिथ्य नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले गरेका थिए।बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता शितले बिद्यार्थी बर्ग बौद्धिक जमात भएको भन्दै सबैखाले बिकृती बिसंगतिका विरुद्ध धावा बोल्न तयार रहनुपर्ने धारणा राखे।उनले संसदीय सत्ताले शिक्षा र स्वास्थ्यमा चरम लुटपाट एबम व्यापार गरिरहेको भन्दै त्यसका विरुद्ध संघर्ष छेड्न आह्वान गरे। कोभिड महामारीमा बिद्यार्थीबाट चरम शुल्क असुल गरेर राज्यले आम श्रमजीवी जनताका छोराछोरीको पढ्ने अधिकार खोसेको नेता शितलको भनाइ थियो।
बैठकका अतिथी तथा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,अनेरास्ववियु(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले मन्तव्य राखेका थिए भने युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनको आतिथ्य रहेको थियो।
क्रान्तिकारीको दोस्रो पुर्ण बैठकले स्वास्थ्य र शिक्षामा भएको निजीकरणलाई सरकारिकरण गर्ने,स्थानीय तह अन्तर्गत सम्पुर्ण शिक्षा महासाखा बुझाएको ज्ञापनपत्रलाइ कार्यान्वयन गराउने,प्राकृतिक प्रकोप र कोभिड-१९ बाट अभिभावक गुमाएका बिद्यार्थीहरुको लागि निशुल्क पठनपाठनको व्यवस्था गर्न दबाब सिर्जना गर्ने,जिल्लामा शैक्षिक बिकृतीका विरुद्ध अन्तर्क्रीया गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।
दोस्रो पुर्ण बैठकको संचालन तथा अध्यक्षता संगठन दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार