युवा संगठन नेपाल घोराही- १९ को अध्यक्षमा करणजित रोका

डेली न्युजराप्ती       १४ आश्विन २०७८ २१:१८ मा प्रकाशित     582 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका- १९ को प्रथम वडा भेला सम्पन्न भएको छ।
प्रथम वडा भेलाले करणजित रोकाको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी चयन गरेको छ।

प्रथम वडा भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य एवम सोही वडाका इन्चार्ज अनिलले राष्ट्र र राष्ट्रियता गम्भीर संकटमा परेको बताए। उनले एमसिसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्न नेपाली दलालहरु तछाडमछाड गरिरहेको अवस्थामा युवाहरु टुलुटुलु हेरेर बस्न नहुने धारणा राखे। एक फरक प्रसंगमा नेता अनिलले अन्तिम र निर्णायक विकल्प भनेको मुलुकमा असफल संसदीय व्यवस्थालाइ ध्वस्त गरि वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए। उनले भने,”एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको दिशामा युवाहरु निर्विकल्प अगाढी बढ्नु नै सबैखाले संकटको समाधानको बाटो हो”।कार्यक्रममा युवा संगठन नेपाल घोराही उपमहानगरका अध्यक्ष पदम चन्दले मन्तव्य राखेका थिए भने नबनिर्वाचित कमिटीलाई बधाई मन्तव्य पार्टी जिल्ला कमिटी सदस्य पन्चरामले राखेका थिए।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य एवम घोराही उपमहानगर वडा नं. १९ का वडा इन्चार्ज अनिलको प्रमुख आतिथ्य, नेकपाका दाङ कमिटी सदस्य पन्चराम, सोही वडाका पार्टी सेक्रेटरी लोक वहादुर,नेकपा घोराही उपमहानगर- १८ सेक्रेटरी गोबिन्द,युवा संगठन नेपाल घोराही उपमहानगरपालिका अध्यक्ष पदम चन्द तथा संगठनका उपमहानगर सचीव शिशिर पुनको आतिथ्य रहेको थियो।
भेलाको अध्यक्षता तथा संचालनमा करणजित रोकाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार