घोराही उपमहानगर देशकै पहिलो बालमैत्री नगर घोषणा

डेली न्युजराप्ती       २४ चैत्र २०७८ ०७:२५ मा प्रकाशित     260 No Comments


घोराही। दाङको घोराही उपमहानरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानरपालिका घोषणा गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको सभागृहमा आज बुधबार एक औपचारिक कार्यक्रमका बीच घोराहीलाई सो उपमहानगर घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गरेका हुन् ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बाल बचाउन, बालअधिकार, बाल संरक्षण तथा बाल संरक्षणका सवाललाई पालन गर्दै बालमैत्री घोषणा गरिएकाको कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए ।

कार्यक्रममा बालमैत्री घोषणा कार्यक्रममा सघाउने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्पन्न एवं प्रशंशा पत्र प्रदा गरिएको थियो । बालमैत्री घोषणा पूर्व उपमहानगर कार्यालयबाट बाजा गाजासहित ¥यालीले बजार विभिन्न ठाउँमा परिक्रममा गरि बहुउद्देश्यी सभागृहमा पुगेर घोषणा सभामा परिणत भएका थियो ।

घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार