तुलसीपुर मेट्रो कलेज: सीप सिकाउदै व्यवसायी बनाउदै

डेली न्युजराप्ती       ४ माघ २०७८ ०६:०९ मा प्रकाशित     315 No Comments


तुलसीपुर३,माघ। तुलसीपुरउपमहानगरपालिका ८बटोलपुरकी अस्मिता चौधरीलाई जीवनमा केही गर्ने सपना थियो । उहाँका साथीहरु गाउँमा घरदैलो र चुलो चौको अनि मेलापातमा मात्रै सिमित थिए । उहाँले त्यो भन्दा केही अगाडी बढ्ने सोचका साथमा तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको छोटो अवधिको व्युटिपार्लर तालिममा सहभागिता जनाउनुभयो । “सीप सिकेपछि केही न केही गर्न सकिएला भन्ने लागेर तालिम लिएकी हुँ ” अस्मिताले भन्नुभयो । तालिम सिकेपछि अरुको पसलमा काम गर्न उहाँलाई विभिन्न ठाउँबाट अफर पनि आएको थियो तर आफै केही गर्ने भनेर उहाँले कतै पनि काम गर्ने चासो राख्नु भएन ।
“ कलेजले तालिमसँगै व्युटिपार्लर सञ्चालन गर्नका लागि सहयोग गरेपछि व्यवसाय सञ्चालन गर्ने सोच आयो ” तुलसीपुरको नयाँ वसपार्कमा सोमबारदेखि सञ्चालनमा आएको एएस व्युटिपार्लरको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो । तुलसीपुरकै ग्रेट अरनिकोबाट कक्षा १२ को परीक्षा दिनुभएकी अस्मिता सफल व्यवसायी बन्ने सपना बोकेर अगाडी वढिरहेकि छिन। सोही ठाउँकी सुष्मा चौधरी अस्मिताको व्युटिपार्लरको पार्टनर हुनुहुन्छ । सँगै सीप सिकेकी सुष्मालाई पनि व्युटिपार्लर सञ्चालनमा आएपछि केही गर्ने आँट पलाएको छ । “हाम्रो गाउँमा धेरै छोरीहरु अर्काको घरमा काम गर्छन् , यसरी व्यवसाय सञ्चालन गर्ने हामी नै हौ” उहाँले भन्नुभयो । सुष्माले आफुहरुले व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँमा साथीहरु पनि उत्साहित भएको बताउनुभयो ।
तुलसीपुर वसपार्कमा मासिक २५ सय सटर भाडामा लिएर पसल सञ्चालन गरिएको पनि उनीहरुले बताए । “व्यवसाय सञ्चालन गरेपछि भाडा तिर्न त सकिहालिन्छ नी” सुष्माले भन्नुभयो । युवाहरुलाई आत्मनिर्भर वनाउनका लागि सीप सिकाउँने र सीपलाई कार्यान्वयन गर्नका लागि व्यवसाय सञ्चालन समेत सहयोग गर्ने तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो । “सीप मात्रै सिकाउँदा उद्यमी वन्ने सम्भावना कम हुन्छ तर प्राविधिक सहयोग गरियो भने व्यवसाय सञ्चालनमा चासो वढेर जान्छ । ” कलेज प्रमुख आचार्यको भनाई छ । कलेजले नियमितरुमा तालिम सञ्चालन गरेर व्यवसाय सञ्चालनका लागि सामग्री समेत सहयोग गर्ने गरेको छ । “गत साल मात्रै दुई दर्जन बढिले व्यवसाय सञ्चालन गरिरहेका छन् “ कलेज प्रमुख आचार्यले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार