दाङ – दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायतको टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको थियो ।
सो ठाउँबाट उत्खनन गर्न पालिकाले अनुमति नदिएको नगरप्रमुख केसीले बताए । उत्खननमा प्रयोग भएका सवारी साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउन केसीले जानकारी दिए । लमही नगरपालिकाले यो वर्ष ९ स्थानमा नदीजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.