साँस्कृतिक र आर्थिक रुपान्तरण हुन नसक्नेहरुले पार्टी फुटाए :चुडामणि वली ‘आदर्श’

डेली न्युजराप्ती       २ असार २०७९ २२:१५ मा प्रकाशित     392 No Comments

असार २, दाङ । नेकपा (बहुमत)का हेमन्त प्रकाश वली ‘सुदर्शन’ लगाएतका नेताहरु सांस्कृतिक र आर्थिक रुपान्तरण हुन नसक्दा पार्टी फुटाएको नेकपाका केन्द्रिय सदस्य चुडामणि वली आदर्शले आरोप लगाएका छन् । राप्ती स्तरीय पार्टी प्रशिक्षणको क्रममा कम्युनिष्ट बिचारबाट स्खलित भएर सांस्कृतिक तथा आर्थिक विचलन भएकाहरुले पार्टी फुटाएको बताएका हुन ।

नेकपा केन्द्रीय समितिको १२औं बैठकले चुनावलाई कार्यनीतिक प्रयोग गर्ने निर्णय बहुमतले पारित गरेर, आफ्नै निर्णयलाई लात हानेर नेकपा बहुमत बनाएको वलीले बताए । उनले प्रश्न गरे ‘निर्णयमा चित्त नबुझे नोटअफ डिसेन्ट लेखेर महाधिवेशनसम्म पर्खिन नसक्ने नेताले कसरि क्रान्तिको नेतृत्व गर्न सक्छन ?’

महासचिव विप्लबको एकीकृत जनक्रान्तिको दस्ताबेजलाई फूलबुट्टा भरेर पैसा झारेर खाने सुदर्शनहरुको क्रान्ति भएको वलीले दाबी गरे । अन्नपुर्ण होटेलको पैसा पार्टीको निर्णय बिपरित उठाएको र आर्थिक कारबाही हुने भएपछी चुनाव प्रयोगको निर्णयलाई हतियार बनाएर सुदर्शन लगायतका नेताहरुले पार्टी फुटाएको समेत आदर्शले आरोप लगाएका छन ।

राप्ती स्तरीय केन्द्रीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम दाङमा चलिरहेको छ । कार्यक्रमका द्वय अतिथिहरु सन्तोष बुढा र विप्लबको प्रशिक्षण अझै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार