ऋषि परियारको मेचीमहाकाली उल्टो पैदल यात्रा सुरु

डेली न्युजराप्ती       १५ माघ २०७८ १७:३२ मा प्रकाशित     611 No Comments


तुलसीपुर, १५ माघ । तुलसीपुर ३ रानागाउँ निवासी ऋषि परियारले मेचीमहाकाली उल्टो पैदल यात्रा शुभारम्भ गर्नुभएको छ । उहाले पुर्व मेचीको पुलबाट यात्रा सुरु गर्नुभएको छ । प्रदेश सांसद झलक सिंह दर्लामी, मेची नगरपालिका ६ का वडा अध्यक्ष ललित तामाङ र डि ए पि सुनिल दाहालको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच यात्रा शुभारम्भ गरेको उहाले बताउनुभयो । प्रदेश सांसद दर्लामी र वडा अध्यक्ष तामाङले सयुक्त रुपमा परियारले लगाएको मास्क खोलेर यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
परियारले कोरोनाबाट मुक्त भएर हरेक नागरिक मास्क सहित हिडडुल गर्न सकौ भन्ने सन्देश सहित मेचीमहाकाली उल्टो पैदल यात्राको सुरुवात गर्नुभएको हो । हातले टेकेर यस अघि विश्व रेकड(गिनिज बुक)मा नाम लेखाई सक्नु भएका परियारले पुर्व मेची देखि पश्चिम महाकाली सम्म उल्टो हिडेर पैदल यात्रा गर्ने लक्ष्य लिनु भएको छ । स्वास्थ्यका लागी मेचीमहाकाली उल्टो पैदल यात्रा नाराका साथ पुर्व मेचीको पुलबाट यात्राको सुरुवात गर्नुभएको छ ।
हरेक मानिस सुल्टो हिड्छन तर उल्टो पैदल हिड्दाँ स्वास्थ्यलाई समेत फाईदा हुन्छ भन्ने सन्देशका साथ मेचीमहाकाली उल्टो पैदल यात्राको सुरु गरेको उहाले बताउनुभयो । आफुले जे काम गर्दा पनि नयाँ किसीमको गर्ने लक्ष्य अनुसार यो यात्रा सुरु गरेको उहाले बताउनुभयो । फरक क्षमता र कला भएका परियारले पुर्व मेची देखी पश्चिम महाकाली सम्म एघार सय किलोमिटर दुरी झन्डै दुई महिनामा यात्रा पुरा गर्ने योजना बनाउनु भएको छ । उहाले हरेक दिन विहान देखी बेलुका अध्यारो नहुदा सम्म यात्रा गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार