तुलसीपुरमा जिपको ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक खड्काको आइसियुमा उपचार हुँदै !

डेली न्युजराप्ती       १३ बैशाख २०८० १२:२१ मा प्रकाशित     220 No Comments

तुलसीपुर । दाङको तुलसीपुरमा जिपको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर २ निवासी २६ वर्षीय नोखीराम खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ । तुलसीपुरबाट बागर तर्फ जादै गरेको बा ६३ प ७००६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको रा १ च १०७२ नम्बरको जिपले मंगलबार साँझ ७ बजेको समयमा तुलसीपुर ८ अस्वारा ओरालो नजिकै ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ । खड्काको अहिले आइसियुमा राखेर उपचार भइरहेको र अझै होसमा आउन नसकेको उपचारमा संलग्न उहाका भिनाजु सुवास अधिकारीले जानकारी दिनुभएको छ । जिपसहित जिपचालक बबई गाउँपालिका ४ का ३६ वर्षीय डिल्ली बहादुर बिकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार