स्ववियु निर्वाचन : राप्ती बबई क्याम्पसमा नेविसंघले सहमतीको माइन्युटमा हस्ताक्षर गरेन!

डेली न्युजराप्ती       ११ फाल्गुन २०७९ १२:३४ मा प्रकाशित     176 No Comments

फागुन ११/तुलसीपुर । स्ववियु निर्वाचन सम्बन्धि राप्ती बबई क्याम्पसमा आज बिहिवार भएको सहमतीको माइन्युटमा नेपाल बिद्यार्थी संघले हस्ताक्षर नगरेको बताइएको छ ।
बिहिवार क्याम्पस प्रमुखले बोलाएको क्रीयासिल बिद्यार्थी संघ/संगठनहरुको बैठकमा भएको निर्णयप्रती नेपाल बिद्यार्थी संघ राप्ती बबइ क्याम्पसले असहमति जनाउदै माइन्युटमा हस्ताक्षर नगरी बैठक कक्षबाट बाहिरिएको हो ।

त्रिभुवन बिश्वबिद्धालयले आगामी चैत्र ५ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्नेगरी तयारी थालेको र निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको अवस्थालाई मध्यनजर गर्दै क्याम्पस प्रमुख युवराज रावतले सबै बिद्यार्थी संगठनका २/२ प्रतिनिधिहरुलाइ छलफलमा बोलाएका थिए तर नेविसंघबाट बोलाइएको प्रतिनिधि संख्या भन्दा धेरै उपस्थित भएपछी बैठक केहिसमय तनावग्रस्त बनेको थियो ।

लामो छलफलपछि सबै बिद्यार्थी संगठनहरुले त्रिभुवन बिश्वबिद्धालयले जारी गरेको निर्वाचन निर्देशिका , कार्यतालिका र आचारसंहितालाई अक्षरंस पालना गरेर जाने सहमतिमा हस्ताक्षर गरेपनी उक्त निर्णयप्रती नेविसंघले निर्णयप्रती असहमती अनाउदै निर्णयमा हस्ताक्षर नगरी बैठकबाट बाहिरिएको बैठकमा सहभागी एक प्रतिनिधि जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले त्रिभुवन बिश्वबिद्धालयको स्ववियु निर्वाचन निर्देशिका बिपरित फागुन ४ गतेपछी पनि बिद्यार्थी भर्ना गर्न पाउनुपर्ने र मताधिकार दिइनुपर्ने माग राखेको बताएका छन् ।

स्ववियु निर्वाचनसम्बन्धी त्रिभुवन बिश्वबिद्धालयद्वारा जारी निर्वाचन निर्देशिकामा फागुन ४ गतेसम्म मात्रै बिद्यार्थी भर्ना गर्न मिल्ने स्पष्ट निर्देशन गरिएको छ तर राप्ती बबई क्याम्पस सामुदायिक क्याम्पस भएकाले फागुन ४ पछि पनि बिद्यार्थी भर्ना गर्न पाइने तर मताधिकार दिन नसकिने गरि सहमती गरिएको बताइएको छ ।

बैठकमा सहभागी विप्लव नेतृत्वको नेकपा राप्ती बबई क्याम्पसका अध्यक्ष केवी वलीले भने – ‘ हामिले फागुन ४ गतेसम्मको भर्नालाइ मताधिकार दिने गरि सहमती गरेका छौँ तर फागुन ४ गतेपछी पनि बिद्यार्थीको पढ्न पाउने अधिकार बन्चित गर्नुहुदैन भन्ने उदेश्यसहित भर्ना पनि लिन पाइने तर फर्जी बिद्यार्थी भर्ना गरि चुनावलाई प्रभाव पार्ने सम्भावना हुने भएकाले उक्त भर्नालाइ मताधिकार दिन नहुने सहमती भएको हो । हामी सबै संगठन उक्त सहमतीमा सहमत भएका छौँ तर नेविसंघले निर्णयप्रती असहमती जनाएर बाहिरिएको हो ।’

बैठकमा क्याम्पसका प्रमुख युवराज रावत , सहायक प्रमुख टेकनप्रसाद कडेल , विप्लव निकट अखिल (क्रान्तिकारी) , नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) , नेकपा (एमाले) निकट अनेरास्ववियु , नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु , नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ लगाएतका क्रीयासिल संघ/संगठनहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार