तुलसीपुरमा जारी फुटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ बजे हुँदै

डेली न्युजराप्ती       ४ असार २०७९ १२:४७ मा प्रकाशित     309 No Comments

प्रेमबहादुर राम्जा,तुलसीपुर
४-असार/ दाङको तुलसीपुरमा जारी सुसेली फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुँदैछ । विजयीका लागि फाइनलमा राप्ती क्लब र टरिगाउ युबा क्लब (बी) ले प्रतिस्पर्धा गर्नेछन । जेठ २९ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत टरिगाउँ युवा क्लब (ए) लाई हराउदै राप्ती क्लबले फाइनलको यात्रा तय गरेको थियो । शुक्रबार भएको पहिलो खेलमा राप्ती क्लबले ३-० गोल अन्तरले टरिगाउ युबा क्लब ए लाई हराउदै फाइनल यात्रा गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेल जित्दै टरिगाउ युबा क्लब (बि) ले दुधराश युबा क्लबलाई फराकिलो गोल अन्तरले राप्ती युवा क्लब सँग फाइनलका लागि भेट पक्का गरेको छ । टरिगाउ युबा क्लब (बि) ले दुधराश युबा क्लबलाई ७-० गोल अन्तरले राप्ती क्लबसङ्ग फाइनलमा भेट पक्का गरेको हो । तुलसीपुर १८ मा रहेको सुसेली युबा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

फाइनल खेल शनिबार दिउँसो ३ बजेदेखी सुरु हुने आयोजक क्लब सुसेली युबा क्लबका अध्यक्ष रोहन पुनले जानकारी दिए । प्रतियोगितामा बिजयी हुने फुटबल टीमले नगद ५० हजार, कप र मेडल प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टीमले नगद २० हजार, कप र मेडल प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार