समाजमा वर्ग कायम रहदासम्म आफ्नो वर्गको पक्षमा कलम चल्छ : वली

डेली न्युजराप्ती       ४ पुष २०७९ १५:५७ मा प्रकाशित     185 No Comments

पौष ४ , दाङ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले समाजमा वर्ग कायम रहदासम्म पत्रकारिता वर्ग पक्षधरमा नै चल्ने धारणा व्यक्त गरेका छन ।
आज तुलसीपुरमा आयोजित नेपाल पत्रकार महासंघ दाङको ३०औ स्थापना दिवस तथा २१ औ अधिवेशनमा शुभकामना मन्तव्यको क्रममा पत्रकार वलीले उक्त धारणा व्यक्त गरेका हुन ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वलीले भने – ‘समाजमा वर्ग रहदासम्म संघर्ष चलिरहन्छ त्यसैले वर्ग कायम रहदासम्म आफ्नो वर्गको पक्षमा कलम चल्छ ।’

जहिलेसम्म समाजमा एउटै समान वर्ग हुदैन पत्रकारिता स्वतन्त्र रहन सक्दैन ,उनले थपे ‘पत्रकारिता वर्ग पक्षधरतामा चल्छ हामिले खुलेर भनिरहेका छौँ तर केही पत्रकारहरुले भन्न सक्नुभएको छैन । ’

एक अर्को प्रसंगमा बोल्दै पत्रकार वलीले स्वतन्त्रताको जलप लगाएर समाचार लेखेकै भरमा आफ्नो पत्रकार संगठनका निहत्था साथीहरु माथी दमन गिरफ्तार हुने गरेकाले वर्ग रहदासम्म संघर्ष पनि चलिरहने भएकाले वर्गको पक्षमा निरन्तर कलम चलाइरहने समेत स्पष्ट पारेका थिए ।

पत्रकार वलीले हिजोका दिनमा ऐतिहासिक राजनीतिक परिवर्तनका सवालमा पत्रकार महासंघले धारणा राख्ने गरेको तर अहिले पत्रकार महासंघले देश सर्वाधिक संकटमा हुँदा,ठुलाठुला राजनीतिक हलचलहरु हुँदा समेत आफ्नो धारणा स्पष्ट पार्न नसक्दा देशमा राजनीतिक निकास निस्कन नसकेको बताए।

वलीले दाङको सापेक्षतामा पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरु महासंघको पहलमा हल गरिनुपर्ने बताए । उनले भने – ‘पुर्ण समानुपातिक बिज्ञापन प्रणाली लागू गरिनुपर्छ । पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ भने उचित पारिश्रमिकको समेत ग्यारेन्टी हुनुपर्छ साथै आस्थाको आधारमा हुने दमन धरपकड बन्द गरिनुपर्छ । ’

शुभकामना मन्तव्यको क्रममा वलीले एउटा युग बदल्ने पत्रकार महान सहिद कृष्णसेन इच्छुकलाई स्मरण गर्दै उहाँप्रती हार्दिक श्रदासुमन समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार