काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रलगायतका क्रान्तिकारी र समाजवाद मान्ने पार्टीहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ ।
भदौ २२ देखि २४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य रहेको वार्ता समिति गठन गरेको नेता कर्णजित बुढाथोकीले बताए । समितिमा अनिल शर्मा विरही र कर्णजीत बुढाथोकी सदस्य छन् ।
उनले भने, ‘माओवादीले पार्टी बैठकबाट नै नेकपासँग एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रलगायतका कम्युनिस्ट केन्द्र र समाजवाद मान्ने पार्टीहरूसँग एकताको लागि छलफल गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेका छौँ ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.