जनयुद्धका अपुरा लक्ष्य , उद्देश्यहरु एकीकृत जनक्रान्ती मार्फत पूरा गर्न प्रतिबद्ध छौँ : युवा संगठन नेपाल

डेली न्युजराप्ती       १ फाल्गुन २०८० ०९:५४ मा प्रकाशित     575 No Comments

हेमन्त प्रकाश ओली । 

फागुन १ , दाङ । नेकपाको सहायक संगठन युवा संगठन नेपालले महान जनयुद्धका अपुरा लक्ष्य , उद्देश्यहरु एकीकृत जनक्रान्ती मार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आज मंगलबार फागुन १ गते महान जनयुद्धको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै संगठनले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

संगठनका पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितीका संयोजक पाटन जंगली सीको हस्ताक्षरमा हस्ताक्षरित वक्तव्यमा भनिएको छ – ‘नेपाली राजनितिक इतिहासको युगान्तकारी परिवर्तनको समबाहक बनेको महान दस बर्षे जनयुद्ध नेपाली जनताद्वारा संचालित राजनितिक बर्ग संघर्ष थियो । २३८ बर्षिय सामान्तबादी राज्य ब्यवस्थाको थिचोमिचो तथा उत्पीडनका विरुद्ध नेपाली जनताले २०५२ फाल्गुन १ गते गरेको बिद्रोहको संखघोस थियो । राजतन्त्रात्मक संसदीय ब्यवस्थाको अन्त्य र नयाँ जनबादी राज्य ब्यवस्थाको स्थापना गर्ने न्युनतम कार्यक्रम सहित लाखौं जनताले बिद्रोहको झण्डा बोकेको आज ठिक २९ बर्ष पूरा भएको छ । पटक पटक नेपाली जनताले गरेका सशक्त र सशस्त्र बिद्रोहहरुको उच्च रुप महान जनयुद्ध थियो । २०५२ देखि २०६२/६३ सम्म चलेको महान जनयुद्धले सामन्तबादी राज्य ब्यवस्थाको अन्त्य संगै राजनितिक, सामाजिक, जातजाती, क्षेत्र, लिङ्ग, भाषा तथा नागरिकका आधारभुत आधिकारहरुमा व्यापक परिवर्तन ल्याएको छ।’

वक्तव्यमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा संचालित महान दस बर्षे जनयुद्ध नेपाली राजनितीको युगान्तकारी आन्दोलन वा बिद्रोह भएको समेत वताइएको छ ।

नेपाली आमाका हजारौं सपुतहरुको उच्च बलिदानद्वारा आजको परिवर्तन सम्भव भएको हो , शुभकामना वक्तव्यमा थप भनिएको छ ‘यो ऐतिहासिक क्षणमा नेपाली जनताको मुक्तिका लागि आफ्नो बलिदान गर्नु हुने महान शहिदहरु प्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै ब्यपत्ता योद्धाहरु प्रती बिशेष स्मरण गर्दै घाइते योद्धाहरु प्रती सिघ्र स्वास्थ्यलाभको कामना सहित उच्च सम्मान प्रकट गर्दछौं । यो शुभ अवसरमा आम नेपाली जनता प्रती २९औं जनयुद्ध दिवसको हार्दिक शुभकामना ब्यक्त गर्दछौं । अत: महान जनयुद्धका लक्ष्य, उदेश्यहरु अपुरा छ्न ती अपुरा उदेश्यहरुलाई एकीकृत जनक्रान्ती मार्फत पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।’

शुभकामना वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार