अखिल (क्रान्तिकारी) जाजरकोटद्वारा भ्रष्ट वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला उपहार

डेली न्युजराप्ती       ५ माघ २०७८ १९:२४ मा प्रकाशित     712 No Comments


जाजरकोटका एउटै वडा अध्यक्षद्वारा करिव ६८ लाख भ्रष्टाचार
न्यूजराप्ती, माघ ५, दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिती जाजरकोटले भ्रष्ट वडा अध्यक्षमाथी जनकारबाही गरेको छ।
बुधबार छेडागाड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम बहादुर केसिलाई संगठनले कालोमोसो सहित जुत्ताको माला लगाएर जनकारबाही गरिएको जनाएको छ।
अखिल(क्रान्तिकारी) जाजरकोट जिल्ला समितिले सामाजिक संजाल फेसबुक मार्फत संगठनद्वारा भ्रष्ट वडा अध्यक्षलाई कारबाही गरिएको जनाउदै कारबाही किन भनेर ९ बुदे कारण समेत उल्लेख गरेका छन।
भ्रष्ट वडा अध्यक्ष केसिमाथी कारवाही गर्नुको कारण यस्ता रहेका छन:
१) जनविकास माबी छेडा नगरपालिका वडा नं.६ को फिल्ड निर्माणबाट ९ लाख रुपैया हिनामिना गरेकाले।
२)अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएकाले।
३)राधेदेखि बिराखोला सडक स्तरउन्नतिबाट ५ लाख रुपैयाँ हिनामिना गरेकाले।
४) राधेदेखी गर्खदेखीसम्म सडक स्तरउन्नतिबाट ४ लाख हिनामिना गरेकाले।
५) कोभिड-१९ नियन्त्रण गर्न उपलब्ध भएको रकम रु.७८००० वडा सचिवको किर्ते हस्ताक्षर गरि चेक साटेर हिनामिना गरेकाले।
६) बाहुन गाउदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख हिनामिना गरेकाले।
७) स्वास्थ्य चौकिको सोलार खरिदमा सबै काम सम्पन्न भइसकेको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएकाल्व।
८) थालिखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ हिनामिना गरेकाले।
९) सरकारले बिकास योजनामा दिएका प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएकाले।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार