नेकपा घोराही उपमहानगरद्वारा मृतक विष्णु शाहको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       १५ माघ २०७८ १७:४० मा प्रकाशित     424 No Comments


माघ १५,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
नेकपा घोराही उपमहानगरपालिका वडा नं. ९ का सेक्रेटरी शुरेस शाहकी ममतामयी आमा मृतक विष्णु शाहको १३औ दिनको स्मृतिमा शनिबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो।
श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य शितलले मृतक विष्णु शाहप्रती पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। साथै उहाले मृतक आमाका शोकसन्तप्त परिवारजन,पार्टीपंक्ति लगाएत सम्पुर्ण इष्टमित्रप्रती गहिरो समबेदना समेत व्यक्त गर्नुभएको हो।
उहाले मृतक विष्णु शाह जनयुद्ध देखि एकीकृत जनक्रान्तीसम्म निरन्तर वर्गसंघर्षमा लामबद्द भएको साथै उहाले आफ्ना होनहार सन्तानहरुलाइ फेरिपनि क्रान्तीकारी आन्दोलनमा होमिन प्रेरित गर्न सफल हुनुभएको भन्दै नेता शितलले उहाँ एक सफल क्रान्तिकारी आमा भएको समेत प्रष्ट पार्नुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा दाङका सेक्रेटरी प्रदिप,नेकपा दाङका कार्यालय सदस्य एवम घोराही उपमहानगरका इन्चार्ज निर्मल,राष्ट्रिय जागरण मंचका केन्द्रीय सदस्य मंगल थारुको आतिथ्य रहेको थियो।
नेकपा घोराही उपमहानगर कमिटी सदस्य रीता शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य शिवले गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय जागरण मन्चका केन्द्रीय सदस्य मंगल थारुले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो भने घर परिवारको तर्फबाट श्रद्धाञ्जली मन्तव्य नरेश जंग राणाले राख्नुभएको हो।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा दाङका कार्यालय सदस्य बिकाश लगाएत नेकपा दाङका नेता-कार्यकर्ता,जवस/मोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
मृतक विष्णु शाहको २०७८/१०/ ४ गतेका दिन ७५ बर्षको उमेरमा दुखद निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार