तुलसीपुर-१६ मा स्वतन्त्रबाट पुतली चुनाव चिन्हका अध्यक्ष उम्मेदवार डागी विजयी

डेली न्युजराप्ती       १० जेष्ठ २०७९ १४:२६ मा प्रकाशित     372 No Comments


जेठ १०,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना भइरहेको छ।

हालसम्म तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्य १६ वडाको नतिजा सार्वजनिक भएको छ। जस अन्तर्गत एमाले ८,कांग्रेस ४,माओवादी केन्द्र ३ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन।

तुलसीपुर-१६ बाट पुतली चुनाव चिन्ह सहित स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार शिवानन्द डिसिले १३४४ मत ल्याएर निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमर बहादुर खड्काले ११५९ मत ल्याएर पराजित भएका छन।
यस्तै महिला सदस्यमा रिखा शर्मा पोख्रेल १२९९,दलित महिला सदस्यमा पार्वती कामी १२४०,खुल्ला सदस्यहरुमा देव बहादुर चौधरी १३२५ र मोहनलाल थारु १२८७ मत ल्याएर निर्वाचित भएका छन।
तुलसीपुर उपमहानगरपालिकामा अब बाकी १७,१८ र १९ वडा मतगणना गर्न बाकी रहेको छ।

तुलसीपुर-१६ मा स्वतन्त्र वडा अध्यक्ष पदमा बिजयी शिवानन्द डिसिलाइ विप्लव नेतृत्वको नेकपाको समर्थन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार