माओवादीले भत्काएको राजाको शालिक तुलसीपुर ५ का वडा अध्यक्ष शाहले स्थापना गर्ने

डेली न्युजराप्ती       १३ चैत्र २०७८ १०:२५ मा प्रकाशित     343 No Comments


चैत्र १३,तुलसीपुर। तुलसीपुरमा तत्कालीन राजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने भएको छ।
०६२/०६३ को जनआन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक तत्कालीन नेकपा(माओवादी) नेता-कार्यकर्ताद्वारा भत्काइएको थियो।
तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले तत्कालीन राजा वीरेन्द्रको शालिक स्थापना गर्न लागिएको बताएका छन। उनका अनुसार आज शालिक स्थापना गरिने छ। उनकै नेतृत्वमा ०७५ मा शालिक रहेको ठाउँको मर्मत गर्ने काम पनि भएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहले सहयोगी र व्यक्तिगत खर्चमा शालिक बनाएका छन्। भावी सन्ततिलाई इतिहास देखाउनका लागि भएपनि शालिक आवश्यक पर्ने उनको भनाइ छ।
२०६२/६३ को जनआन्दोलनको क्रममा वीरेन्द्रचोकमा रहेको राजा बिरेन्द्रको शालिक भत्काइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार