हेमन्तप्रकाश वली ।
असोज २५,दाङ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले “सी स्मृति” दिवस भव्यताका साथ मनाएको छ ।
पार्टीले सबै मृतक आफन्तजनहरु , बिशेषत यो वर्ष निधन हुनुभएका सम्पुर्ण बा-आमा , दाजुभाइ , दिदिबहिनी , श्रीमान श्रीमतीप्रती गहिरो समवेदना व्यक्त गर्दै प्रत्येक नेताकार्यकर्ताले घरघरमा एवम प्रमुख शहरका चोकचोकमा दिप प्रज्वलन गर्दै सी स्मृति दिवस मनाएका हुन् ।
नेकपा घोराही , तुलसीपुर र बबईले शुक्रबार छुट्टाछुट्टै स्थानमा दिप प्रज्वलन गरि स्मृती दिवस मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिए ।
तुलसीपुरको बिजौरीमा “सी स्मृति” दिवसको अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको नवौं महाधिवेशनबाट प्रत्येक वर्ष असोज २५ गते “सी स्मृति” दिवस मनाउने निर्णय अनुसार जिल्लाव्यापी दिवस मनाउदै मृत आफन्तजनप्रती समवेदना व्यक्त गरिएको वताए ।
उनले प्रत्येक मानिसले आफ्नो जिवनकालमा गरेका सकारात्मक कामको समीक्षा गर्दै उनिहरुप्रति सच्चा श्रद्धाञ्जली एवम समवेदना व्यक्त गर्ने दिनलाई अबदेखि नेकपाले प्रत्येक वर्षको असोज २५ गते स्मृती दिवस मनाउने कार्य क्रान्तिकारी एवम जनहितकारी भएको समेत बताए ।
नेता तिलकले पार्टीको यो कदमले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ बहस छेडेको समेत ठोकुवा गरेका हुन्।
दिप प्रज्वलन कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सदस्य मदन सीले गरेका थिए ।
यस्तै नेकपा घोराहीले पनि पार्टी घोराही उत्पादन केन्द्र नजिकै पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीको उपस्थितिमा दिप प्रज्वलन गर्दै “सी स्मृति”दिवस मनाएको जनाएको छ ।
यता नेकपा बबईले पनि पार्टीका बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीको बिशेष उपस्थितिमा दिप प्रज्वलन गर्दै स्मृती दिवस मनाएको जनाएको छ ।
यस्तै नेकपा लमही नगर समिती , राप्ती गाउँकमिटी , गढवा गाउँकमिटी , राजपुर गाउँकमिटीले पनि आ-आफ्नो सापेक्षतामा “सी स्मृति”दिवस मनाएको जनाएको छ ।
महासचिव विप्लवद्वारा “सी स्मृति”दिवसको शुभकामना व्यक्त:
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सीले “सी स्मृति” दिवसको सन्दर्भमा आज विहान नेकपाको केन्द्रिय कार्यालयबाट शुभकामना व्यक्त सहित शुभकामना सन्देश व्यक्त गरेका छन् ।
असोज २५ गते हरेक बर्ष “सी स्मृति” दिवस मनाउने नेपाल कम्युनिस्ट पार्टीको निर्णयअनुसार महासचिव विप्लवले सामाजिक सन्जाल तथा भिडियो मार्फत पार्टीसम्बद्ध नेताकार्यकर्ता र देशबिदेशमा रहेका जनसमुदायलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
यस्तो छ “सी स्मृति” दिवसको सुभकामनाको पूर्णपाठ:
आदरणीय जनसमुदाय,
सी स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट हार्दिक शुभकामना !
हाम्रा सबै मृतक आफन्तजनहरु, विशेषत यो बर्ष निधन हुनुभएका सम्पूर्ण बा-आमा, दाजुभाइ, दिदीबहिनी , श्रीमान श्रीमतीप्रति गहिरो समवेदना व्यक्त गर्न चाहान्छु।
हामीले निधन हुनुभएका सम्पूर्ण आफन्तजनहरुको सम्झनामा सी स्मृति दिवस हरेक असोज २५ गते मनाउन सुरु गरेका छौं ।हरेक मान्छेले यो धर्तीमा आफ्नो जीवनकालमा परिवार, समाज र राज्यलाई अनेकौं योगदान गर्दछ।सबैको साझा योगदानबाट नै बिश्वको बिकास यहाँसम्म पुगेको छ।मान्छेले आफ्नो जीवनकालमा जे-जति योगदान गर्दछ्न ,ती नै अबिस्मरणीय रूपमा रहन्छन् ।सी संस्कृती दिवसले त्यसैको अभिव्यक्ति गर्दछ।
कमरेडहरु तथा जनसमुदाय निधन हुनुभएका सबै आफन्तजनहरुलाई सम्झेर सी स्मृति दिवस भव्यताका साथ सम्पन्न गरौं ।हामी बिज्ञान र भौतिकवादप्रति बिश्वास गर्दछौं ।मान्छेले आफ्नो जीवनकालमा गर्ने कामहरू नै सत्य हुन् ।उनीहरुले आफू बाँचुञ्जेलसम्म गर्ने कार्यहरू नै अन्तिम सत्य हुन् ।त्यसैले हामी बाँच्दासम्म परिवार, समाज र मानव जातिको लागि असल काम गर्नुपर्दछ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.