अपराधले सिमा नाघ्यो:तुलसीपुरको बसपार्कमा बसभित्र ७२ वर्षीय वृद्धामाथी बलात्कार!

डेली न्युजराप्ती       ५ श्रावण २०८० १०:११ मा प्रकाशित     194 No Comments

तुलसीपुर, ५ श्रावन । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेको उहाले बताउनुभयो । वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार