अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको संयोजकमा काली बहादुर

डेली न्युजराप्ती       २९ मंसिर २०७९ ०९:०० मा प्रकाशित     228 No Comments

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको राष्ट्रिय भेला सम्पन्न भएको छ।

भेलाले काली बहादुर सी को संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

काली बहादुर सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सी, पार्टीका पाेलिट ब्युरो सदस्यहरु ध्रुव सी, संजिव सी, असल सी, बिजय सी, सुशील सी र पार्टीका सल्लाहकार सन्ध्या सी रहेका थिए ।

पार्टीका स्थायी कमिटी सदस्य विषम सीले केही एमसीसीका दलालहरुले आफ्नाे पार्टीको बदनाम गर्न उद्दत रहेको बताएका छन् । एमसीसीको डलरले पार्टी फुटाएको जिकिर समेत गरेका छन् ।
नेपालमा २००८ सालमा किसान संगठन गठन भएको भन्दै नेता विषमले अब कृषिमा नेपाली जनतालाई आत्मनिर्भर बनाउन संगठनले पहल गर्नुपर्ने बताए । नेपालको उद्योग दलाल पुजीवादीहरुको हातमा रहेको छ उनलेे भने, ‘त्यसैले नेपालमा नयाँ राजनीतिक क्रान्ति र त्यसपछि आर्थिक क्रान्तिको आवश्यता छ ।क्रान्तिकारीहरू आशावादी हुनपर्छ । क्रान्ति आफै सुदृढीकरण भएर आउँछ। गणतन्त्रको नाममा आएको दलाल पुजीवादी सत्ता फाल्ने तपाईं हाम्रो कार्यभार हो ।’

किसान संगठनका आयोजक समितिका संयोजक काली बजादुर सीले अब नयाँ तरिकाले किसान संगठन जाने भन्दै कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार