सामना परिवारको जनजागरण अभियान देउखुरीमा, आज भव्य कार्यक्रम हुने,डेलिन्युजराप्तीले लाइभ गर्ने

डेली न्युजराप्ती       २२ कार्तिक २०७९ १२:३४ मा प्रकाशित     419 No Comments


कार्तिक २२ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारको जनजागरण अभियान दाङ आइपुगेको छ ।
चुनाव खारेजीका लागि देशव्यापी जनजागरण अभियान चलाइरहेको सामना सांस्कृतिक परिवार आज दाङमा आएको हो ।

नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका जिल्ला सेक्रेटरी प्रदिप सीले डेलिन्युजराप्ती संग फोन संवाद गर्दै भने– ‘केन्द्रीय सामना परिवार जनजागरण अभियान सहित दाङ आएको छ । सामना परिवारले आज दाङको देउखुरी क्षेत्रमा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्नेछ । सामना परिवारले राष्ट्रियता , जनतन्त्र , जनजिविकाको पक्षमा र मंसिर ४ को कथित संसदीय निर्वाचन खारेजिका लागि सांस्कृतिक कार्यक्रम चलाउने छ ।’

यस्तै आज देउखुरीमा हुने सामना सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रशारण डेलि न्युजराप्ती अनलाइनले गर्नेछ ।
केन्द्रीय सामना परिवारद्वारा आज देउखुरीमा हुन गइरहेको भव्य सांस्कृतिक कार्यक्रममा सामना परिवारका संयोजक आरोह सी सहितका जनवादी कलाकारहरुको उपस्थिती रहने छ ।
कार्यक्रममा उपस्थितिका लागि सामना परिवारले सम्पुर्ण देउखुरीबासी जनसमुदायलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार