काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले १६ गते अपरान्ह १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । ९ औँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न हुने पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले सम्बाेधन गर्नेछन् । प्राविधिक कारणले यसअघि जमल, राष्ट्रिय नाचघरमा हुने भनिएको पत्रकार सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सारिएको प्रचार विभाग प्रमुख अनिल सीले जानकारी दिएका छन् ।
यस्तै पत्रकार सम्मेलनमा महासचिव विप्लवले माओवादी धाराका बिचमा एकताको बिषयमा ठोस कुरा गर्ने जनाइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.