तुलसीपुरको विपि चोकमा आज ३ बजे बलात्कार विरुद्ध युवाहरुले प्रदर्शन गर्ने

डेली न्युजराप्ती       १७ श्रावण २०८० १३:३० मा प्रकाशित     274 No Comments

साउन १७ , दाङ । तुलसीपुरका स्वतन्त्र युवाहरुले आज दिउँसो ३ बजे बलात्कार विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

तुलसीपुरको बिपि चोकमा हुने बिरोध प्रदर्शनमा सहभागीताका लागि युवाहरुले अपिल गरेका छन् ।

स्वतन्त्र युवा सन्दिप गौतमका अनुसार पछिल्लो समय तुलसीपुरमा घटिरहेका बलात्कारजन्य जघन्य अपराधका दोषीलाई कारवाही गर्न र तुलसीपुर दिनानुदिन असुरक्षित बन्दै गइरहेकाले प्रशासनलाई प्रभावकारी शान्ति सुरक्षाका लागि दबाब दिन बिरोध प्रदर्शन गर्न लागिएको वताएका छन् ।

तुलसीपुरमा केही समयअघि मात्रै ११ वर्षीय बालिका ,१४ वर्षीय बालिका र ७३ वर्षीय बृद्धामाथी बलात्कार भएका घटनाहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार