३१ असाेज, २०७९ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको नवाैं महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रम केही संसाेधनसहित एक मतले पारित भएकाे छ ।
कपिलवस्तुस्थित शिवगढिमा मंगलबार उद्घाटन भएकाे नेकपाकाे नवाैं महाधिवेशनमा बुधवारदेखि २० समुहमा शुरु भएकाे छलफल आईतबार बिहानसम्म चल्याे । समुहबाट दफावार सल्लाह सुझाबसहित ब्यक्त भएका धारणाहरुकाे आधारमा संसाेधनसहित आईतबार साँझ प्रतिवेदन पारित भएकाे छ । नेकपा महासचिब बिप्लवद्वारा प्रस्तुत प्रतिवेदनमा दलाल पूँजीवादी राज्यब्यबस्था र वर्गलाई प्रधान दुस्मन किटान गरिएकाे छ । वास्तविक प्रजातन्त्र बैज्ञानिक समाजवादभित्र पाईने तर, दलाल पूँजीवादी राज्यसत्ताले भनेकाे प्रजातन्त्रमा समाजवाद नपईने संस्लेषण प्रतिवेदनमा गरिएकाे छ ।महासचिव बिप्लवले समुहबाट उठेका सवाल, सल्लाह तथा सुझावउपर आईतबार दिउँसाेदेखि साँझसम्म ४ घण्टा ३५ मिनेट लामाे समयसम्म जवाफ दिए । जवाफपछि देशभरबाट सहभागि झण्डै ६०० प्रतिनिधि तथा पर्ययवेक्षकहरुद्वारा एकमतले प्रस्ताव पारित गरिएकाे श्राेतले बतायाे । साेमबार नेतृत्व चयन गर्दै नेकपाकाे नवाैं महाधिवेशन सम्पन्न हुनेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.