विप्लवको युवा , विद्यार्थी र मजदुर संगठनद्वारा नेपालको चुच्चे नक्सा समेट्न चीन सरकारलाई आग्रह

डेली न्युजराप्ती       १५ भाद्र २०८० १६:२७ मा प्रकाशित     275 No Comments

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारी), युवा संगठन नेपाल र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संयुक्त रुपमा नेपालको चुच्चे नक्सा समेट्न चीन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आज नेपाल स्थिति चिनियाँ राजदुतावास पुगेर युवा विद्यार्थी र मजदुरका नेताहरुले नेपालको चुच्चे नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र रहेकाले त्यो नक्सा समेट्न चिनियाँ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

युवा विद्यार्थीहरुले भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेपाल सरकारले नेपालको ती क्षेत्र समेटिएको आधिकारीक नक्सा प्रकाशित गरी चलन चल्तीमा ल्याएको छ ।

युवा, विद्यार्थी र मजदुर संगठनको टाेलिले चीन सरकारलाई आफ्नो सार्वजनिक गरेको नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार