हेमन्तप्रकाश वली ।
साउन १२,बिजौरी । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर कमिटी सदस्य जंगु चौधरीका दिवंगत बुवा टिकाराम चौधरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार तुलसीपुर-१९ बाँसगढि स्थित उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले दिवंगत बुवा टिकाराम चौधरीले कम्युनिस्ट पार्टीको किसान संगठनबाट माओवादी आन्दोलनमा ऐतिहासिक भुमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘प्रत्येक जैविक वस्तुको अगाडि मृत्यु निश्चित छ । मृत्यु हुनु भनेको परिवार , समाजका लागि सर्वाधिक पिडाको कुरा नै हो तर यो दुखलाई मनाउने कुरालाई झण्झटिलो बनाउनु हुँदैन । हाम्रो पार्टीले मृत्यु संस्कारलाइ सरल , सहज र वैज्ञानिक ढंगले मनाउने निति बनाएको छ । पुराना मृत्यु संस्कारहरु अलि बढि खर्चिला भए , सरल भएनन् र वैज्ञानिक पनि छैनन् । त्यसैले हामिले सी संस्कार अनुसार मृत्यु संस्कारलाई मनाउने गरेका छौँ ।’
नेता सविन सीले सी संस्कार अनुसार ५ दिनसम्म मनाउने निति रहेको बताउनुभयो । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतिमा बृक्षारोपण गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिब , असहाय , अशक्त , बृद्धबृद्धाहरुलाइ लत्ताकपडा , फलफुल तथा राहत वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने गरिएको छ ।
नेता सविनले दिवंगत टिकाराम चौधरी २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा गरेको योगदान , देखेको सपना समाजवाद भएकाले नेकपाले उहाँको त्यो सपना मुल्य चुकाएर भएपनि पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) दाङ जिल्ला सह-इन्चार्ज अञ्जानले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गनुभएको थियो ।
उहाँले मृतक टिकाराम चौधरीले माओवादी वर्गसंघर्षमा अतुलनीय योगदान गरेको बताउनुभयो ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा राप्रपाका दाङ ३ नं. क्षेत्रका अध्यक्ष छोटिलाल चौधरीले मृतक टिकाराम चौधरीले सिकाएको बाटोमा सम्पुर्ण परिवार हिड्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुर नगर इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सदस्य विकाश सी , जिवनी सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य धर्ती सी , पार्टीका जिल्ला सचिवालय सदस्य खिमा सी , खड्ग सी , मदन सी लगाएतको आतिथ्यता रहेको थियो ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा दिवंगत टिकाराम चौधरीकि जिवनसंगिनि लैह्या चौधरी , छोराहरु जंगु चौधरी , राते चौधरी , शिवराज चौधरी , रामप्रसाद चौधरी र राजु चौधरी सहित छोरी सावित्री चौधरीले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
दिवंगत टिकाराम चौधरीको साउन ८ गतेका दिन ७९ वर्षको उमेरमा दुखद निधन भएको हो ।
उहाँ लामोसमयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.