जनपत्रकार संगठन नेपालको चौथो पूर्ण बैठक कपिलवस्तुमा बस्दै

डेली न्युजराप्ती       ४ मंसिर २०८० ०८:१७ मा प्रकाशित     114 No Comments

कपिलवस्तु । जनपत्रकार संगठन नेपालको चौथो पूर्ण बैठक सोमवार (आज) विहान ११ बजेबाट कपिलबस्तुमा बस्दै छ ।

नेकपाको पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा चौथो पूर्ण बैठक बस्न लागेको हो । बैठकको सम्पूर्ण तयारी पुरा भएको जनपत्रकार संगठन नेपालले जनाएको छ ।

बैठकलाई नेकपाका महासचिव विप्लव सीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा सहभागी हुनका लागि महासचिव विप्लव आईतबार साझँ नै काठमाडौबाट कपिलवस्तु पुगिसकेका छन ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल सीको समेत सहभागिता रहने छ । बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरु मध्य अधिकाँस पुगिसकेको र केही पुग्नेक्रममा रहेको जनपत्रकार संगठन नेपालका केन्दीय अध्यक्ष शेरबहादुर विश्वकर्माले जानकारी दिएका छन ।

बैठकबाट पत्रकार संगठनले गर्ने आगामी कामहरु,पत्रकार महासंघसंग सम्वन्धि नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा देखिएको विवाद र चुनावी कामहरुका विषयममा महत्वपूर्ण निर्णय हुने बताईएको छ ।

नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरण र नविकरणमा आफ्नो संगठनलाई उपेक्षा गरेको जनपत्रकार संगठनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार