घाटा समायोजन भन्दै आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

डेली न्युजराप्ती       ६ माघ २०७८ ०७:२७ मा प्रकाशित     317 No Comments


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार