माओवादी दाङका सचिवालय सदस्य नेपालीलाई पत्नीशोक , पार्टीद्वारा अन्तिम श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       २७ पुष २०८२ १५:४३ मा प्रकाशित     184 No Comments

हेमन्तप्रकाश वली ।
पुष २६,घोराही । नेकपा (माओवादी) दाङका सचिवालय सदस्य पञ्चाराम नेपाली पत्नीशोकमा पर्नुभएको छ ।
नेता पञ्चारामकि धर्मपत्नी सिता नेपालीको घोराही-१८ मसिना स्थित आँफनै निवासमा गएराती ५५ वर्षको उमेरमा दुखद निधन भएको हो ।

दिवंगत सिता नेपालीको आजै शनिबार मसिना स्थित कटरबोट घाटमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु पाटन सी , तिलक सी लगाएतका नेताले मृतक सिता नेपालीको पार्थिव शरीरमा झण्डा ओढाएर श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको हो ।

दिवंगत नेपालीको पार्टीका नेताकार्यकर्ता , परिवारका आफन्तजन , इष्टमित्र , स्थानीय जनताको सहभागितामा अन्त्येष्टि गरिएको थियो ।

पार्टीको झण्डा अर्पण सहितको अन्तिम श्रद्धाञ्जली कार्यक्रमको सहजीकरण पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीले गरेका थिए ।

दिवंगत सिता नेपालीका १ छोरा र ४ जना छोरीहरु छन् ।
उहाँ मुटु रोगबाट पीडित भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार