एमालेका चौधरी विप्लव नेतृत्वको नेकपा प्रवेश,घोराही र तुलसीपुरका ३ वडामा बैठक सम्पन्न

डेली न्युजराप्ती       २३ जेष्ठ २०८१ २३:२० मा प्रकाशित     336 No Comments

जेठ २३ , तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही र तुलसीपुरका विभिन्न वडाका बैठकहरु सम्पन्न गरेको छ ।

बुधबार पार्टीको तेस्रो आवधिक योजना अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.७ र १३ साथै तुलसीपुर उपमहानगरपालिका वडा नं.२ को प्रथम पुर्ण बैठक सम्पन्न भएको हो ।

तुलसीपुर -२ मा पार्टीका वडा इन्चार्ज शुदर्शन सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सी लगाएतको आतिथ्यता रहेको थियो ।

तुलसीपुर -२ को वडा बैठकमा नेकपा एमालेका पार्टी सदस्य सुकराम चौधरीले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

चौधरीले मुलुकमा देखिको राजनीतिक अस्थिरताको अन्त्य नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नेपाली बिशेषताको समाजवादले मात्रै दिने भएकाले मुद्दा र एजेन्डा मन परेकाले पार्टीमा प्रवेश गरेको धारणा व्यक्त गरेका थिए ।

वैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले संसदीय व्यवस्थाले नेपाली जनताको दशकौंदेखिको शान्ती , समृद्धि र स्वाधीनताको चाहना पूरा नहुने भएकाले समाजवादी राज्यव्यवस्था अपरिहार्य भएको बताए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीले घोराहीको ७ र १३ नं. वडाको वडा कमिटी बैठक सम्पन्न गरेको जानकारी दिएको छ ।

बुधबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ इन्चार्ज पाटन जंगली सी , पार्टीका घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीको बिशेष आतिथ्यतामा बैठक सम्पन्न भएका हुन् ।

बुधबार बसेका पार्टीका सबै वडा कमिटीका बैठकले विभिन्न निर्णयहरु गरेको नेकपाले जनाएको छ ।

बैठकले तेस्रो आवधिक योजनालाई कडाइपुर्वक लागू गर्ने , भ्रष्टाचार , कालोबजारी , अनियमितता विरुद्ध संघर्ष चलाउने , वामपन्थी , देशभक्त , कम्युनिस्टहरुको बृहत् मोर्चाबन्दीको पहल गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।

बैठकले टोलटोलमा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार