मोहन वैद्य ( किरण) नेतृत्वको पार्टी फुटको संघारमा, वैद्यलाई लागे यस्ता आरोप

डेली न्युजराप्ती       १७ बैशाख २०८१ ०८:३९ मा प्रकाशित     1782 No Comments

हेमन्त प्रकाश वली ।

बैशाख १७ , दाङ : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पार्टी एकता भएको एक बर्ष नपुग्दै फुटकाे संघारमा पुगेको छ । पुर्ण बहादुर सिंह समरजंगकाे नेतृत्वमा उक्त पार्टी भित्र दुई लाईन संघर्षले उत्कर्ष रुप लिएको छ । उनलेे पार्टीमा उत्पन्न कट्टरतावादी, विचारवादी र अनुभववादी समस्याहरुबाट पाटीलाई मुक्त गरिनुपर्ने भन्दै ७ बुँदे असहमति पत्र नै गत पुस ४ गते अध्यक्ष किरणलाई पेश गरि पार्टी भित्र फाेरम चलाईरहेका छन् । उनी अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सचिवालय सदस्य हुन । उनलेे नेत्रविक्रम चन्द (विप्लव)संग छुट्टिदा धर्मेन्द्र बास्ताेला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) पार्टी बनाउन मुख्य भुमिका खेलेका प्रभावशाली युवा नेता मानिन्छ । उनले माेहन वैद्य किरणसंग यतिबेला तिब्र दुई लाईन संघर्ष चलाईरहेका छन् ।

एक केन्द्रीय सदस्यले सविस्तार गर्दै भने – “नेकपा (मसाल) बाट अनुशासनको कारबाही परेका सन्त बहादुर नेपालीहरुकाे केही समुहलाई पार्टी भित्र एकताका नाममा विचारविहिन ढंगले प्रवेश गराईदैछ । उक्त समुहसंग वार्ताटोलीले माओविचारधारा कि माओवाद ?, दश वर्षे महान जनयुद्ध सहि थियो कि गलत थियो ? जनवाद कि वैज्ञानिक समाजवाद ? सामन्तवाद कि पुँजीवाद र  सङ्घीयता आवश्यकता हाेकि कि हाेईन ? भनेर खुल्ला छलफलमा लैजाने गरि उक्त पार्टीसंग एकता गर्न लागिएको कुराले हामीलाई आश्चर्य बनाएको छ । जनयुद्ध आफैमा महान छ राष्ट्रसंघले नेपालमा ८०% भुभागमा जनसत्ता, जनअदालत र जनसेना निर्माण गरिर चलिरहेको छ भनेर प्रमाणित गरिरहेकाे हिजोको अवस्थामा अब पछाडि फर्किएर बहस गर्न खाेज्नु भनेको यथास्थितिमा फर्किनु अर्थात पश्चगमन तिर लाग्नु हाे ।”

“क्रान्तिको ऐतिहासिक आवश्यकता थियोे तर गत २०८० असोज महिना यता केन्द्रीय समितिको बैठक बस्न नसकेको तथा वैद्यले क्रान्तिका नाममा कार्यकर्ताहरुलाई अलमल्याउँदै आएका छन् । आगामी जेठमा सम्पन्न गरिने भनिएको एकता महाधिवेशन पनि सारिएको छ । जेठमा हुनुपर्ने महाधिवेशनले पार्टीको फौजी कार्यदिशा पारित गरेर जनमुक्ति सेना निर्माण गर्ने, पार्टीको कार्यदिशा, विद्रोही सङ्गठन बनाउने, पार्टीलाई भूमिगत शैलीमा ढाल्ने र पार्टीको कार्यक्रम जनताका बिचमा पुर्‍याउनका लागि संयुक्त क्रान्तिकारी मोर्चा निर्माण गरि अगाडि बढ्नुपर्ने बेलामा पार्टी एकता गरेको ६ महिनापछि २०८० असोजमा बैठक बसेको थियो । त्यसपछि अहिलेसम्म केन्द्रीय समितिको बैठक समेत नबसेर पार्टीलाई निष्क्रिय बनाईएकाे छ ।”

“पछिल्लो समय पार्टी भित्र पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कन्चनलाई विप्लवले पार्टी सदस्य पनि नरहने गरि कार्वाही गरेको, हेमन्त प्रकाश वलि सुदर्शनलाई प्रचण्डले साँस्कृतिक कार्वाही गरेपछि न्युक्लियस बनाएर विप्लवसंग एकता गरेतापनि विप्लवले पनि उनलाई आर्थिक भ्रष्टाचार गरेको र गुटबन्दी चलाएको भन्दै कार्वाहि गरेका थिए । अहिले पार्टीभित्र उनिहरू लगायतका नेताहरूलाई विचारविहीन, स्वार्थी, अवसरवादी, आर्थिक र सांस्कृतिक विचलनकारि भनेर आराेप लागिरहेको छ । पार्टीभित्र उनीहरूकै दबाबमा परेर वैकल्पिक सरकार गठन गर्ने कार्यदिशा पारित गरेर प्रचण्डको लाइनलाई पक्रन पुगेपछि पार्टीभित्रका क्रान्तिकारी कार्यकर्ताहरू निराश हुन पुगेका छन ।

विभिन्न टेलिभिजनका अन्तर्वार्ताहरुमा स्वयम् अध्यक्ष वैद्यले वैकल्पिक सरकारको माग भट्याउँदै आउनु भएको छ कतै पार्टी संसदीय व्यवस्थाभित्र छिर्ने चालबाजी त होईन भन्नेसम्म आशङ्का पार्टीभित्र फैलिएको छ । पार्टीको पथप्रदर्शक सिद्धान्त माओवाद नमान्ने, दश वर्षे “जनयुद्ध” लाई आतङ्ककारी गतिविधि भएको बताउँदै आएका रामसिंह श्रीसलाई केन्द्रीय स्कुलिङ विभागको संयोजक र आर्थिक, नैतिक, सांस्कृतिक रूपमा पतन भएको र “प्रचण्डपथ” को सबैभन्दा ठुलो प्रशंसक र व्याख्याता हेमन्तप्रकाश वलीलाई मार्क्सवादी प्रशिक्षक बनाईएको छ । पार्टी नेतृत्वले सीताराम तामाङको नेतृत्वमा चन्दा सङ्कलन गर्नेे कमिटी बनाई त्यसलाई परिचालन गरी लाखौँ चन्दा असुली गर्ने , वलीले युवाहरुलाई प्रयोग गरेर कालो मोसो दल्दै चन्दा असुल्ने कार्य गरिरहेका छन् भन्ने बिषय पनि पार्टी भित्र उठ्ने गरेको छ । लेनदेन कै विषयलाई लिएर काठमाडौंकाे मिनभवन स्थित गणेशलाल अवालेकाे जग्गा काराेबार मिलाउने भन्दै सुदर्शनलाई साथ दिएका पुर्व जनमुक्ति सेना नेपालका पुर्व पाचौं डिभिजन सहकमाण्डर, पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा युवाका फ्याक्सन ईन्चार्ज उदय बहादुर चलाउने “दिपक”ले १ लाख पैसा लिएका थिए । उक्त पैसा लिएको थाहा पाएपछि सुदर्शन र दिपक बिचकाे झगडाले उत्कर्ष रुप लिए पछि काठमाडौं जिल्लाकै ईन्चार्ज पुष्कर श्रेष्ठकाे निर्देशनमा उक्त जग्गा कब्जा घाेषणा गरेका थिए उक्त घटनाले गर्दा अहिले सुदर्शन र दिपक बिच बाेलि बारवार समेत भएको छ ।”

उक्त पार्टीका एक केन्द्रीय सदस्य भने “मोहन वैद्य किरण लगायतका केही नेताहरूले आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरु सबैलाई अवसरवादी, संशोधनवादी देख्ने गर्दछन् तर तिनै क्रान्तिकारी नेताहरुका छाेराछाेरिहरु युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता उनीहरुकै भाषामा साम्राज्यवादी एवम् पुँजीवादी देशहरूमा पढ्न पठाइरहेका छन् । ती छाेराछाेरिहरु देश नफर्केर उतै घरजम गरी मस्ती गरिरहेका र पुँजीवादको स्वाद मज्जाले लिइरहेका तर यहाँ जनविद्रोह भन्दै ढ्याङ्ग पिटिरहन्छन् । क्रान्तिका गफ दिएर जनतालाई ढाँट्ने, भ्रम पार्ने र आफूलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउने नाटक गर्छन् । अध्यक्ष मोहन वैद्य किरणकै छोरी अस्ट्रेलिया, पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कंचनका छाेरा पार्टी विभाजन नहुदा चिन अध्ययन अहिले व्यापार गर्न जापान, केन्द्रीय कार्यालय सदस्यहरु सीपी गजुरेलकी छोरी फ्रान्स, हरिभक्त कँडेल प्रतीककी छोरी अमेरिका, रामसिंह श्रीसका छोरा-बुहारी जापान, सीताराम तामाङका छोरा-बुहारी अमेरिका, इन्द्रमोहन सिग्देलका छोरा-बुहारी अस्ट्रेलिया, परि थापाका छोरा-बुहारी अमेरिका छन् । केन्द्रीय सचिवालय सदस्यहरु धनेश्वर पोख्रेलका छोराबुहारी अमेरिका र नातिनी अस्ट्रेलिया, चक्रपाणी शर्माको छोरा अमेरिका, दुईवटी छोरीहरू अस्ट्रेलिया, केशबहादुर परियारका छोरा-बुहारी अमेरिका, डा. जगदीशचन्द्र भण्डारीका छोरा-बुहारी अमेरिका, हस्तबहादुर केसीका छोरा-बुहारी अमेरिकामा रहेका छन् । केन्द्रीय सदस्यहरु इन्दिरा अधिकारीकी छोरी अमेरिका, गौरी देवकोटा दाहालकी छोरी अमेरिकामा अध्ययन गर्ने भनेर गइ मस्तीमा रहेका छन् । के याे क्रान्तिकारी तरिका हाेत ?” 

स्रोतका अनुसार “असाेजमा सम्पन्न केन्द्रीय समितिको बैठकमा किरणले पेश गरेको दस्तावेजमा असहमति जनाएका केन्द्रीय कार्यलय सदस्य रामश्रीस पक्षधर प्रेम सुवेदी ईन्चार्ज रहेको लुम्बिनी प्रदेशमा पनि विवादले उत्कर्ष लिएको छ । गत मंसिरमा सम्पन्न प्रदेश बैठकमा बैठकको विधि र प्रक्रिया नै नपुर्याई स्वेच्छाचारी निर्णय गरेको भन्दै ठूलो विवाद भएको थियो । उक्त विवाद समाधानका निमित्त केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयाेजक गतिकाे नेतृत्वमा केन्द्रीय कार्यलयमै पुगि उजुरी गर्ने काम भएको थियो । उक्त उजुरी उपर सुनाई गरिएको नाटक गर्दै प्रदेश कमिटी सहसंयाेजक तथा केन्द्रीय सचिवालय सदस्य समीर लगायतका नेताहरूले लिखित रुपमै आत्माआलाेचित गरेको सर्कुलर पठाएता पनि पुनः विवाद बढेको छ । उक्त प्रदेशमा अहिले पाल्पा जिल्ला संयाेजक मुक्ति गैरे दिग्दर्शनकाे नेतृत्वमा ३२ जना प्रदेश कमिटी सदस्यहरुले लिखित रुपमै हस्ताक्षर गरि प्रदेश संयाेजक श्याम बहादुर बाेहाेरा अटललाई ८ बुँदे पत्र नै बुझाउने काम भएको छ ।”

पुर्ण बहादुरसिंह समरजंगले माेहन वैद्य किरणलाई २०८० पुस ४ गते दिएको सात बुँदे सुझाव पत्रको पुरापाठ:-

१) विचारको रक्षा र विकास त्यसको प्रयोगमा हुन्छ । विचारको सही प्रयोगले मात्र क्रान्ति सम्पन्न तथा त्यसको रक्षा र विकास सम्भव छ । केवल त्यसको व्याख्या र विश्लेषणले विचारवादी र कट्टरतावादीबाहेक केही बनाउँदैन। यद्यपि आज शास्त्र र जनताबीच ठूलो खाडल देखिन्छ । पार्टीमा विद्यमान कट्टरतावादी, विचारवादी र अनुभववादी समस्याबाट पाटीलाई मुक्त गरिनुपर्दछ ।

२) निरन्तर क्रान्ति भनेको पुस्ता र दरपुस्ताले गर्ने मात्र होइन, एउटा क्रान्तिलाई नयाँ क्रान्तिले पछ्याउनु हो। युगीन आवश्यकता निर्णायक क्रान्तिको हो। त्यसका खातिर आजको नवीन युगमा क्रान्तिको वैज्ञानिक कार्यदिशा, रणनीति, कार्यनीति, कार्ययोजना, कार्यक्रम निर्माण र कुशलतापूर्वक कार्यान्वयन जरुरी छ। क्रान्तिकारी गतिशीलता र सिर्जनशीलताले मात्र पार्टीमा विद्यमान यथास्थिति, अन्योल र निराशालाई नयाँ आशा, विश्वास र कान्तिमा बदल्न सकिन्छ ।

३) २०८० साल असोज १६-२२ को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको म्यान्डेटअनुरूप पार्टीको एकताको नवौं महाधिवेशन यसै वर्षभित्र सम्पन्न गरि ‘एक पार्टी तीन गुट’ को स्थितिले पार्टीलाई गुटहरूको महासङ्घमा परिणत गरेको छ । त्यसको समाधानका लागि सच्चा कम्युनिस्टहरूको कम्युनिस्ट पार्टीमा रूपान्तरणमा जोड दिनुपर्दछ ।

४) पार्टीलाई विचार र भावनात्मक रूपमा एकतावद्ध गर्न विधि र पद्धतिमा सञ्चालन गरिनुपर्दछ । पार्टीमा गुटवन्दीले उत्पन्न गरेको आफ्ना खोज्ने, रोज्ने र पोस्ने प्रवृत्तिले कोही बहुजिम्मेवारी र कोही जिम्मेवारी एवम् भूमिकाविहीनको स्थिति अन्त्य गरेर दुई पार्टीवीच भएको एकताको मर्म र भावनाअनुरूप एक व्यक्ति एक जिम्मेवारीको भूमिका ठोस गरी केन्द्रीय कार्यालय, केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा समान सदस्य सङ्ख्या कायम गरिनुपर्दछ ।

५) जवस मोर्चाको ठोस भूमिका, पार्टी र जवस मोर्चाबीच अन्तरसम्वन्धसम्बन्धी अवधारणा, मुख्य जवस मोर्चाको साधारण शाखा र शाखा गठन, जवस मोर्चाको भेला सम्मेलनमार्फत सुदृढीकरण र पार्टीको सुद्धीकरण गरिनुपर्छ। समस्याको सही पहिचानले मात्र वैज्ञानिक समाधान सम्भव हुन्छ भन्ने मान्यताअनुरूप देश र जनताका तात्कालिक र दीर्घकालीन समस्याहरूको सूचीकृत, माग र सशक्त आन्दोलनको दिशामा अघि बढ्‌दै पार्टीलाई अन्तरसङ्घर्षमा होइन, वर्गसङ्घर्षमा होम्नुपर्दछ ।

६) आज पार्टीमा मौलाइरहेको माथि प्रतिष्ठा, बीचमा व्यवस्थापन र तल मुनाफाको लडाई गर्ने प्रवृत्तिले कम्युनिस्ट आदर्श, मूल्य र मान्यता कमजोर बनिरहेको छ। त्यसले विश्वास, समर्पण र बलिदानको संस्कार र संस्कृति कमजोर भइरहेको छ। पार्टीमा राजनीति भनेको राष्ट्र, जनता र कान्तिप्रतिको उत्तरदायी बन्ने आदर्श हो। त्यसका लागि केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण पार्टीमा पेस गर्ने। पार्टी र क्रान्तिका नाममा सङ्कलन गरिएको आर्थिक व्यक्तिको व्यवस्थापनका लागि होइन, क्रान्तिको तयारीमा लगाइनु पर्दछ।

७) पार्टीमा जनवादी केन्द्रीयताको प्रवचन, व्याख्या र विश्लेषण मात्र बढी भइरहेको छ। त्यसको सही प्रयोग गरिनुपर्छ । व्यक्ति सङ्गठनको मातहतमा होइन, व्यक्तिको नियन्त्रणमा पार्टी नै लिन खोज्ने प्रवृत्तिको अन्त्य तथा सामूहिक नेतृत्व प्रणाली लागू र नेता मालिक र कार्यकर्ता दासजस्तो बनाउने तथा कार्यकर्ताको वस्तुकरण गर्ने अवस्थाको अन्त्य हुनुपर्छ। नेता-कार्यकर्ताको परिवारको राजनीतीकरण, सही विचार र कार्यशैलीले मात्र जनतालाई पार्टी र क्रान्तिप्रति आकर्षित, सङ्गठित र आन्दोलित गर्ने बलशाली विश्वास पैदा गर्दछ, आदि ।

अन्त्यमा, आदरणीय कमरेड अध्यक्षले पार्टीमा देखिएका यस्ता जटिल समस्या समाधान गर्न अविलम्व विशेष पहल लिनुहुनेछ भन्ने पूर्ण अपेक्षा छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार