चिरण पुन माओवादीसंग बार्गेनिङ पावर बढाउन पार्टीबाट भागेका हुन्:नेता पाटन जंगली

डेली न्युजराप्ती       १५ कार्तिक २०८२ २२:१८ मा प्रकाशित     1672 No Comments

हेमन्तप्रकाश वली ।
कार्तिक १४,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पाटन जंगलीले चिरण पुन माओवादीसंग बार्गेनिङ पावर बढाउन पार्टीबाट भागेको बताएका छन् ।
शुक्रबार नेता पाटनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् – ‘आज तपाई माओवादी पार्टीमा जानको लागि जे हर्कत वा भ्रम पैदा गर्नुभयो त्यो सामान्य राजनीतिक नैतिकताभन्दा बाहिर छ । यो हर्कत केवल बार्गेनिङ पावर बढाउने र माओवादीमा आफ्नो पद (उच्च पद) सुरक्षित गर्ने हो ।’

नेता पाटन जंगलीले एकीकृत जनक्रान्तिको मार्गबाट फरक बाटो रोज्नुभएका नेता चिरन पुनलाई नेताकार्यकर्ता , जनता तथा सहिद परिवारलाई जवाफ दिन जरुरी भएको भन्दै केही प्रश्नहरु समेत गरेका छन् ।

नेता पाटन जंगलीले नेता चिरन पुनमाथि गरेका प्रश्नहरु यस्ता छन् ।

  • हजुरले फरक बाटो रोज्नुको सैद्धान्तिक पक्ष के हो? पार्टीले अघि सारेका विचार, राजनीति, कार्यदिशा तथा हाम्रा विकसित बिचार र व्यवहारसंग तपाईको विमति हो?
  • यदि सैद्धान्तिक विमती हो भने के हो? पार्टीले अवलम्बन गरेका कुनैपनि नीति कार्यक्रमसंग बिमती होइन भने फरक पार्टी किन आवश्यक पर्‍यो?
  • के तपाईले रोजेको बाटोबाट जनता र शहिदहरुको सपना पूरा हुन्छ? यदि हुन्छ भने कसरी हुन्छ?
  • एकीकृत जनक्रान्ति र यसले विकास गरेका सैद्धान्तिक तथा दार्शनिक पक्षहरुसंग तपाईको विमती होइन भने, के को आधारमा पार्टी छोड्न पुग्नुभयो? यदि विमति हो भने पार्टीमा किन मत दर्ज गर्नुभएन?
  • तपाईले एउटा आरोप लगाउनु भएको छ, हामिलाई एकताको लागी, वार्ता गर्न लगाउने अनि हामिले भने वमोजिम विप्लवले एकता गर्न मानेन भन्नूभएको छ । अब बुझ्नुपर्ने कुरा के छ भने वार्ता समितिको काम भनेको पार्टीका आधिकारिक धारणा लिने र प्रस्तुत गर्ने हो ।
  • अनि तपाईले भने अनुसार विप्लवले एकता गर्न नमानेको हो भने एकताको लागि के के विषय टुंगो लगाउनु भएको थियो र विप्लवले मानेन? कि निशर्त (लम्पसार पर्न) एकता गर्नुपर्छ भन्ने हो?
  • तपाईले भनेजस्तो एकताको नाममा निसर्थ (आधारभुत बिषय पनि नटुंगाएर) जाने कुरा मान्न सकिन्न ।
  • अनि एकता भनेको के के? एकताको लागि के के हुन जरुरी छ? जहाँसम्म एकताको कुरा छ, त्यो नीति, आवस्यकता र उदेश्यका आधारमा हुन जरुरी हुन्छ ।
    -आज तपाई माओवादी पार्टीमा जानका लागि जे हर्कत वा भ्रम पैदा गर्नुभयो त्यो सामान्य राजनीतिक नैतिकता भन्दा बाहिर छ । यो हर्कत केवल बार्गेनिङ पावर बढाउने र माओवादीमा आफ्नो पद (उच्च पद) सुरक्षित गर्ने हो ।

-जहाँ सम्म ७५ जना केन्द्रिय सदस्यहरुको हवाला दिएर भ्रमित पार्ने कुचेष्टा गर्नु भएको छ त्यसमा मेरो विनम्र अनुरोध छ ति सबै सदस्यहरुको नाम सार्वजनिक गर्नुहोस् ।

  • अन्ततः तपाईले नेपाल कम्युनिस्ट पार्टीमा रहदा जे जति योगदान गर्नुभयो त्यसप्रति हृदयदेखि धन्यवाद प्रकट गर्दछु । चिरन पुनको बहिर्गमनले पार्टीको दर्शनमा विकास गरेको “अनिश्चयको सिद्धान्त” को थप आवश्यकताको बोध भएको छ ।

नेता पाटन जंगली नेकपाको सहायक संगठन युवा संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार